काठमाडौं— निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरू आन्दोलित भएका छन्। आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै देउवा पक्षका कार्यकर्ताहरूले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले ‘संविधानको मर्म मार्न पाइँदैन’, ‘विधिको शासन कायम गर’, ‘अवैधानिक निर्णय फिर्ता गर’, ‘कानूनी राज्यको सम्मान गर’ जस्ता नाराहरू लगाएका थिए। साथै ‘लोकतन्त्र मास्न पाइँदैन’ र ‘आयोगको पाराले सारा दुख पायो’ भन्ने नाराहरू पनि आन्दोलनमा गुन्जिएका थिए।
आन्दोलनकारीहरूले निर्वाचन आयोगको निर्णयले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि प्रहार गरेको आरोप लगाउँदै निर्णय फिर्ता लिन माग गरेका छन्।






































