राजनीति

    Showing 2,701-2,710 of 7,520 items.
  • रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति डा केसीको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गरी गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताएका हुन् ।‘साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन, मेरो चरित्र

    • प्रकाशित मितिः चैत २, २०८१
    • 442 पटक पढिएको
  • क्याम्पसका स्ववियु सभापतिसहित ६ विद्यार्थी प्रहरी नियन्त्रणमा

    काठमाडौं— मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने २७ वर्षीय स्ववियु सचिव सनिम ठकुरी छन् । यसैगरी, विराटनगर–१२ बस्ने २७ वर्षीय स्ववियु सदस्य रोशनकुमार पासवान, विराटनगर–१२ कै २८ वर्षीय स्ववियु सदस्य प्रज

    • प्रकाशित मितिः चैत १, २०८१
    • 286 पटक पढिएको
  • मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि दिइने

     काठमाडौं— यस वर्षको महामूर्ख उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो। रङको र खुशीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ। कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ। उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए। 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 317 पटक पढिएको
  • देशको जिम्मा लिने बेला आएकाले दौडाहामा छु : प्रचण्ड

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशदौडाहामा लागिरहेको बताएका छन् ।सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र परिवर्तनलाई उल्टाउन षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आफू पुनः सक्रिय भइरहेको बताए ।‘देशको जिम्मेवारी लिने ऐतिहासिक अभिभारा पुनः एकपटक हाम्रो काँधमा आएको छ । देशको जिम्मा फेरि एकपटक माओवादीले लिनुपर्ने भएको छ । संविधान निर्माणको प्रमुख हिस्सेदार तथा शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता हुनुको नाताले देशको जिम्मा लिनुपर्न

    • प्रकाशित मितिः चैत १, २०८१
    • 360 पटक पढिएको
  • भारतसँगको १९५० को सन्धि खारेज, मिचिएको भूमि फिर्ता गर्न एकीकृत समाजवादीको माग

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी)ले भारतसँगको सन् १९५० को 'शान्ति तथा मैत्री सन्धि' खारेज गर्न माग गरेको छ । एकीकृत समाजवादीले शुक्रबार सरकारविरुद्ध ‘रोजगारी र सुशासनका लागि आन्दोलन’को घोषणा गर्दै भारतसँगको सन् १९५० को सन्धि खारेजको प्रस्ताव माग गरेको हो ।“हाम्रो भूराजनीति र अहिलेको विश्व राजनीतिका अन्तरविरोधहरूले गर्दा विदेश नीतिमा हामीले विशेष ध्यान दिनुपर्छ,” एकीकृत समाजवादीले भनेको छ, “एकातिर सन् १९५० लगायत असमान सन्धि–सम्झौताहरू खारेज गर्नुपर्नेछ, कालापानी–लिपुलेकसमेत मिचिएको भूमि फिर्ता गरेर देशको सिमानाको रक्षा गर्दै आजको शीतयुद्धउन्मुख अन्तर्राष्ट्रिय परिस्थितिमा हाम्रो स्वाधिनता, स्वत

    • प्रकाशित मितिः चैत १, २०८१
    • 157 पटक पढिएको
  • गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्‍न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्।आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेका हुन्।“हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ। सहयोग गरेर मात्रै हुँदैन। उत

    • प्रकाशित मितिः चैत १, २०८१
    • 336 पटक पढिएको
  • आफैं मन्त्री हुने आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक छैनः ज्ञानेन्द्र शाही

    मकवानपुर  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान कांग्रेस, माओवादी र एमालेलाई चुनौती दिएका छन् । बिहीबार मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै भने व्यवस्थाले देश बर्बाद भएको भन्ने विषय सबैले बुझेको बताउँदै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताएका हुन् ।‘तपाईंहरूसँग दुई तिहाई छ। हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् तपाईंहरूलाई हामी समर्थन गर्छौ

    • प्रकाशित मितिः चैत १, २०८१
    • 494 पटक पढिएको
  • नेकपा एसको आरोप–राज्य नालायक बन्यो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यतालिकासहित कार्यक्रम घोषणा गरेका हुन् ।कार्यक्रम सार्वजनिक गर्दै उनले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै गएको कारण सडक अराजक र पपुलिष्ट हुँदै गएको पनि उनको आरोप छ । उनले भने,‘सत्ता केन्द्रीत नाजायज गठबन्धनकोे राजनीतिले मुलुकको समस्या समाधान गर्न सक्दैन् । राज्य नालायक बन्दै जान्छ, राज्यको नाल

    • प्रकाशित मितिः चैत १, २०८१
    • 412 पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी) को वृह्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला आज

    काठमाडौ— नेकपा (एकीकृत समाजवादी) ले आज वृहत पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गर्दैछ। पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा हजारौँ नेता कार्यकर्ताहरूको सहभागिता रहने केन्द्रीय आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिP। बबरमहलको कार्की ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रममा पार्टीका जनसंगठन, काठमाडौँ, भक्तपुर र ललितपुरलगायतका नेताहरुको उपस्थिति रहनेछ। उक्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेलामा उपस्थित हुन नेता कार्यकर्ताहरूलाई पार्टीले अपिलसमेत गरेको छ। 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 333 पटक पढिएको
  • समाजवादी मोर्चाको बैठक सुरु

     काठमाडौं— समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । मोर्चाको आगामी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ। मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।मोर्चाले १५ गते गणतन्त्रको पक्ष र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने तयारी गरेको छ । 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 361 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा