राजनीति

    Showing 10,321-10,330 of 10,379 items.
  • देशभर नेकपाको प्रचण्ड–नेपाल समूहले जुलुस गर्दै

    बिर्तामोड / नेकपाको प्रचण्ड – नेपाल समुहले आज देशभर विजय जुलुस गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा काठमाडौं उपत्यकासहित देशैभर विजय जुलुस गर्न लागेको हो ।काठमाडौंमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । विजय जुलुस भने रत्नपार्कको शान्तिबाटिकामा हुनेछ । शान्तिबाटिकाको जुलुस मध्यान्ह १२ बजे सुरु हुनेछ । यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् ।बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने रिज

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 97 पटक पढिएको
  • चितवनको कार्यक्रम छाडेर प्रचण्ड र माधव काठमाडौं जाँदै

    बिर्तामोड / प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेसँगै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव पक्षका दुई अध्यक्ष चितवनबाट काठमाडौँ फर्किंदै छन् । मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं आउन लागेका हुन् । संसद विघटन बिरूद्ध भरतपुरमा आयोजित विरोध सभालाई बिजय जुलुसमा परिणत गर्न दुवै नेताले स्थानिय पार्टी कमिटीलाई निर्देशन दिएका छन् । चितवनबाट काठमाडौं आउने बुद्ध एयरको पहिलो उडानमार्फत नेताद्वय राजधानी फर्किंदै छन् । आज मध्यान्ह काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले सम्बोधन गर

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 143 पटक पढिएको
  • ओलीले बोलाए आकस्मिक बैठक

    बिर्तामोड / प्रतिनिधि सभा पुर्नस्थापन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अब कसरी अघि बढ्ने भन्नेमा अन्योलमा छन् । उनले यस विषयमा छलफल गर्न आफु निकट स्थायी कमिटीको बैठक बोलाएका छन् ।बुधबार बालुवाटारमा बैठक बस्न लागेको हो । ओली तत्काल राजीनामा दिने पक्षमा छैनन् । अझै चलखेल गरेर सत्ता टिकाउने उनको रणनीति छ । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा पुर्नस्थापन गर्न आदेश दिइसकेको छ । जहाँ उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 131 पटक पढिएको
  • प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

    बिर्तामोड / प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।आज अपरान्ह ४ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट फिर्ता बोलाउने यसअघिको निर्णयलाई कायम राख्दै नयाँ नेताका रुपमा प्रचण्डलाई प्रधानमन्त्रीका लागि उम्मेदबार बनाउने तयारी गरेको छ ।यस्तै बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 101 पटक पढिएको
  • अख्तियार प्रमुखसहित ३२ जनाको नियुक्ति बदर हुने

    बिर्तामोड / प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै विभिन्न संवैधानिक निकायमा भएका ३२ नियुक्ति पनि बदर हुने कानूनविद्ले बताएका छन् । संसदीय सुनुवाइ नगरी राष्ट्रपतिबाट ३२ जनालाई विभिन्न ११ वटा संवैधानिक आयोगहरूमा नियुक्ति गरिएको थियो ।सर्वोच्च अदालतले संसद् विघटन नभएको फैसला गरेसँगै संसदीय सुनुवाइ नगरी भएका नियुक्ति धरापमा परेको हो । संसद् नभएको भनेर सिफारिस गरी नियुक्ति गरिएकोमा सर्वोच्च अदालतले संसद् विघटनलाई अस्वीकार गरेकाले सर्वोच्चको फैसलाअनुसार सबै नियुक्तिले मान्यता नपाउने कानुनविद्हरूले बताएका छन् ।सर्वोच्चको मंगलबारको फैसलामा प्रारम्भदेखि नै कानुन प्रभाव शून्य रहने गरी प्रतिनिधिसभा विघटन बदर

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 111 पटक पढिएको
  • संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला (फैसलाको पुर्णपाठ सहित)

    बिर्तामोड/ सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ । प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 123 पटक पढिएको
  • राजीनामा दिएको भन्दै दूश्प्रचार गरियोः अग्नि खरेल

    काठमाडौं । राजीनामा दिएको हल्ला चलेपछि महान्यायाधिवक्ता अग्नि खरेलले प्रष्टिकरण दिएका छन् । महान्यायाधिवक्ता खरेलले आफूले पदबाट राजीनामा नदिएको बरु अफवाह फैल्याइएको बताएका छन् ।उनले भने, मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैन ।’ महान्यायाधिवक्ता खरेलले सर्वोच्च अदालतले संसद विघटनको फैसला सदर गरे, मुलुक निर्वाचनमा जाने अवस्था आए मात्र चुनावका लागि राजीनामा दिएर जान सक्ने बताएका छन् ।आफूले राजीनामा दिनुपर्ने कुनै पनि कारण नभएको उनले प्रष्ट्याए । यता, प्रधानमन्त्रीको निजि सचिवालयले पनि खरेलको राजीनामा नआएको बताएको छ । सचिवालयले अफवाह फैलाइएको भनेको छ ।विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 106 पटक पढिएको
  • सर्वोच्चले नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(माओवादी)  नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकामा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बाँस्तोलालाई थुनाबाट मुक्त गरिदिनु”, आदेशमा भनिएको छ ।यसअघि गत माघ १५ गते र २२ गते थुनामुक्त गराउन अदालतले आदेश जारी ग

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 92 पटक पढिएको
  • बास्तोला सर्वोच्चको आदेशमा छुटे लगत्तै पुनः पक्राउ

    काठमाण्डौं । सरकारसगँ वार्ताका लागि सकारात्मक रहेको विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको समयमा पनि सरकारले सो पार्टीका नेताहरुमाथि धरपकड गर्न भने छाडेको छैन ।आज सर्वोच्चको आदेशमा रिहा भए लगत्तै नेता धमेन्द्र बास्तोलालाई प्रहरीले पुनः पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।तर अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो । बास्तोलाई पुनः काभ्रेमा पठाउने तयारी प्रहरीले गरेको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 110 पटक पढिएको
  • प्रचण्ड(नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंग्यायो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ ।पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 91 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.