पत्रपत्रिका

    Showing 781-790 of 1,262 items.
  • च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

    काठमाडौं(राजधानी दैनिकबाट) देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ ।काठमाडौंले प्लेअफमा बिहीबार ललितपुर सिटीलाई ३–० ले पन्छाउँदै धनगढीविरुद्ध २० दिनभित्र तेस्रोपल्ट खेल्ने पक्का गरेको हो । धनगढीले लिगमा काठमाडौंलाई ३–० ले तथा र प्लेअफमा अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल यात्रा हो । यस्तो अवस्थामा धनगढी काठमाडौंमाथि ह्याट्रिक जित निकाल्दै पहिलो सिजनको एनएसएल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।विराटनगरसँग ३–० ले पराजित भ

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 160 पटक पढिएको
  • २ जेठ २०७५ मा फर्किन ओली सहमत

    काठमाडौं(राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति अबेरसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताबीचको छलफलमा पार्टी विवाद समाधान गर्न सहमति भएको हो ।एमाले सचिव गोकर्ण विष्टले सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठमै फर्किने विषयमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार शीर्ष नेतासहितको छलफलमा कार्यदल बनाएर सहमति जुटाइने भएको छ ।‘२ जेठमा फर्किएर पार्टी समस्या समाधान गर्ने सहमति भएको छ, त्यसका लागि कार्यदल बनाएर मोडालिटी बनाइने भएको छ,’ विष्टले भने । वरिष्ठ

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 151 पटक पढिएको
  • हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

    काठमाडौं(राजधानी दैनिकबाट) अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो ।अनामनगर धोबीखोलानजिकको ७ रोपनी ७ आनाभन्दा बढी सरकारी जग्गा हरिप्रसाद गिरीलगायतले हडपेका थिए । जग्गा विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको थियो । अख्तियार अनुसन्धानमा सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइएपछि ९ मंसिर २०६५ मा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो ।अख्तियारले दूषित दर्ता गराएको आरो

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 148 पटक पढिएको
  • अन्ततः ओली नै प्रधानमन्त्री

    काठमाडौँ (कान्तिपुर दैनिकबाट) विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पुर्‍याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीले शपथ भने शुक्रबार लिँदै छन् ।३८ महिनाअघि दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली आफ्नै कार्यशैलीका कारण सहयात्री दलहरूको विश्वास क्रमशः गुमाउँदै अल्पमतमा पुगेका हुन् । गत सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रप

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 153 पटक पढिएको
  • स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण

    काठमाडौँ / कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ ।वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले स्वास्थ्य मापदण्ड कडा गरेर कम्तीमा ७० प्रतिशत नागरिकलाई तत्काल खोप दिने कार्यक्रम ल्याउन आग्रह गरे । भौतिक दूरी कायम, मास्क र सेनिटाइजर, हात धुने, भीडभाड नगर्नेलगायतका स्वास्थ्य मापदण्डसँगै खोप नै को

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 163 पटक पढिएको
  • अक्सिजन नपाएरै १४ जनाको मृत्यु

    रुपन्देही (कान्तिपुर दैनिकबाट)  रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए ।सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशनरप्रसारित थिए । मंगलबार साँझदेखि अभाव चर्केपछि अस्पतालका प्रशासकले मध्यरातिसम्म जिल्ला प्रशासनमा उपस्थित भएर अक्सिजन माग गरेका थिए । तर, कतै सुनुवाइ भएन ।समस्याबारे जानकारी पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रदेशको उत्पादनका अतिरिक्त चि

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 291 पटक पढिएको
  • ललितपुर एलिमिनेटरमा

    काठमाडौं (राजधानी दैनिकबाट) मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै खुकुरी नेपाल सुपर (एनएसएल) को एलिमिनेटरमा प्रवेश गरेको छ ।बुधबार भएको प्ले अफको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै ललितपुरले एलिमिनेटरमा काठमाडौंसँगको भेट पक्का गरेको हो । अब ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं रेजर्सले पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल प्रवेशको अर्को मौका पाएको हो । धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रं

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 156 पटक पढिएको
  • यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

    काठमाडौं(राजधानी दैनिकबाट)  राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् ।नयाँ सरकारका लागि बहुमत पु(याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पु(याउन नदिन अधिकतम सक्रिय’ बनेको स्रोत दाबी गर्छ ।प्रतिनिधिसभामा विपक्षीलाई बहुमत पु(याउन रोक्ने ‘ओली योजना’ र बहुमत पु(याएर नयाँ सरकार गठन गर्ने कांग्रेस, नेकपा माओवाद

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 167 पटक पढिएको
  • हटस्पटका फ्रन्टलाइनर भन्छन् : ‘आँसु लुकाएर उपचार गर्दै छौं’

     नेपालगन्ज (कान्तिपुर दैनिकबाट) भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन्  । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि चौतर्फी दबाब आउँछ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेडयोलोजिस्ट डा। राजेन्द्र खनाललगायतको टिमजनशक्ति पर्याप्त छैन । भएका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा खटाउनु परिरहेको छ । यस्तै समस्यामा गिजोलिए पनि हरसम्भव संक्रमितको उपचार गरिरहेको नेपालगन्जको भेरी अस्पतालको नेतृत्वमा छन्, डा। प्रकाश थापा । मेडिकल सु

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 185 पटक पढिएको
  • अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी

    काठमाडौँ (कान्तिपुर दैनिकबाट) जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो ।शय्या नपाएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा अक्सिजन लिएर बसेका संक्रमित । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख थियो । सूचनापछि उपचाररत कोरोना संक्रमित र उनका आफन्त आत्तिए । ‘राति पनि अक्सिजन चाहिनेजति दिइएन । बिहान त अक्सिजनै सकिने सूच

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 169 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.