पत्रपत्रिका

    Showing 241-250 of 1,253 items.
  • निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता !

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी त्यस्तो कार्यविधि तय कार्यान्वयनमा आएको हो ।सेवा करारका कर्मचारी, सचिवको निजी सुरक्षाकर्मीलाई पनि भत्ता दिने कार्यविधिमा व्यवस्था छ । निर्वाचन तोकिएको मितिबाटै भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।कार्यविधिको दफा ५ मा भनिएको छ, “निर्वाचनको कुनै काममा संलग्न आयुक्त, आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा कार्यरत काज तथा सेवा करारसमेतका कर्मचारी, आयुक्तका आवासमा रहने सुरक्षाकर्मी,

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 104 पटक पढिएको
  • संसद् गतिरोध अन्त्य होला?

    बिर्तामोड( नागरिक दैनिकबाट )प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेद्वारा संसद् बैठक सञ्चालनमा गरिँदै आएको अवरोध अन्त्य गर्न राखेको प्रस्तावलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। ओलीले संसद् बैठक अवरुद्ध हुनुमा एमालेको नभई सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेकाले उनले निकास नदिएसम्म तत्काल गतिरोध अन्त्य नहुने बताएका छन्।‘संसद् एमालेका कारण अवरुद्ध भएको होइन, संसदीय मूल्यमान्यताविपरीत सभामुख उभिएपछि त्यसलाई सच्याउन हामीले बैठक सञ्चालनमा अवरोध गर्नुपरेको हो, सभामुखले निकास दिए गतिरोध अन्त्य हुन्छ’, एमाले अध्यक्ष ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको आग्रहलाई

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 93 पटक पढिएको
  • ‘पाँच दलले एमसीसीबारे साझा धारणा बनाऔँ’

    बिर्तामोड (आजको गोरखापत्र दैनिकबाट) नेपाली कांग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्ता साझेदार पाँच दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।वरिष्ठ नेता पौडेलले गठबन्धन समन्वय समितिको बैठकमा १२बुँदे प्रस्ताव पेस गर्दै एमसीसीबारे साझा धारणा बनाउनुपर्ने बताएका हुन् ।पौडेलले भने, “आर्थिक सहयोग राष्ट्रको हितमा हुनुपर्छ । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेको छ । त्यसैले पाँच दलले स्पष्ट धारणा बनाउनुपर्छ भन्ने प्रस्ताव गरेको हुँ ।” उनले संसद्को गतिरोध हटाउन प्रयत्न गर्नुपर्ने, सर्वोच्च अदा

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 109 पटक पढिएको
  • राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन् ।एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचेअनुसारको परिणाम हासिल गर्न नसक्ने धारणा राखेका हुन् ।राष्ट्रिय सभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन सक्दैन भन्दै उनले आत्तिन जरुरी नभएको बताए । संसदीय संघर्षको मैदानमा एमा

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 110 पटक पढिएको
  • मानव संसाधनको व्यवस्थापनसँगै नवप्रवर्तन आवश्यकः प्रधानमन्त्री

    बिर्तामोड (गोरखापत्र दैनिकबाटं)प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शिक्षा प्रणालीले देशको विकासमा आवश्यक पर्ने सीपयुक्त, नयाँ प्रविधिको ज्ञान भएको दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।कर्पोरेट क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘एक्सिलेन्स अवार्ड’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो उनले यस्तो बताएका हुन् । उनले नेपाल कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले मानव संसाधनको उचित व्यवस्थापन गर्दै नवप्रवर्तनमा जोड दिनुपर्ने बताए ।प्रधानमन्त्री देउवाले युवा जनशक्ति विश्वस्तरीय शिक्षा र राम्रो रोजगारीका लागि विदेशिने क्रम बढिरहेकाले त्यसलाई

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 173 पटक पढिएको
  • दुई वर्षदेखि उपसभामुखविहीन संसद्

    बिर्तामोड (नागरिक दैनिकबाट) प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन गर्नका लागि अझै पनि तयारी गरिएको छैन। पाँच दलीय गठबन्धनले मन्त्रीसँग उपसभामुख पनि भागवन्डा गरे पनि उपसभामुखको निर्वाचन गर्ने तर्फ काम अघि बढेको छैन।२०७६ माघ १२ सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै खाली भएको उपसभामुख पद २ वर्ष पुग्न लाग्दा समेत खाली नै छ। उपसभामुखको कार्यकक्षमा कोही नभएपछि माकुराको जालो मात्रै देखिन्छ।संसद्मा बहुमत सदस्यले निर्वाचित गरेर उपसभामुख निर्वाचित गर्न सकिने भए पनि सत्तापक्ष पाँच दलीय गठबन्धनले यस तर्फ प्राथमिकता दिएका छैनन्।संविधान बमोजिम संविधान बमोजिम उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने तथा प

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 102 पटक पढिएको
  • माओवादी केन्द्रको निष्कर्षः यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न सकिँदैन

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यथास्थितिमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न नसकिने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्रको सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पारित समसामयिक राजनीतिक प्रस्तावमा यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न नसकिने उल्लेख छ ।‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधान राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हितप्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा सम्झौता पारित नगरियोस्,’ पारित समसामयिक राजनीतिक प्रस्तावमा उल्लेख छ ।माओवा

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 94 पटक पढिएको
  • कार्यकारी निर्देशककै मिलेमतोमा भनेजति जग्गा

    बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट) नारायणहिटी दरबार संग्रहालयमा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिकै निर्देशनमा सम्झौताभन्दा बढी काम भएको खुलेको छ । मन्त्रालयले सीमित क्षेत्रफलमा मात्र रेस्टुरेन्ट बनाउने गरी समितिलाई सम्झौता गर्न निर्देशन दिएको थियो । तर, संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयलाई पेलेर बढी काम निर्माण गर्न दिएको खुलेको छ । समितिका कार्यकारी निर्देशक दाहाल र ठेकेदार कम्पनीबीच मिलेमतो गरी ठेकेदारले भनेजति निर्माण गर्न स्वीकृत दिएको हो ।टेन्डर आह्वान गर्दा मन्त्रालयले कम्पनी छनोट गरी भाडा दर मात्र तोकेको थियो । ‘कार्यकारी निर्देशक दाहालले क

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 116 पटक पढिएको
  • माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीमा कोरोना पुष्टि, प्रचण्ड आइसोलेसनमा

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट)  नेकपा (माओवादी केन्द्र) को कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेका छन् ।प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बिहीबारबाटै प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको बताए । राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयता भौतिक रूपमा भेटेरै भइरहेको बध

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 113 पटक पढिएको
  • श्रम गन्तव्य मुलुकमा कोरोना सङ्क्रमण बढ्दो

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ ।कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् ।पछिल्लो सातादेखि कतारमा दैनिक औसत ५०० जना कोरोनाका नयाँ सङ्क्रमित देखिने गरेका छन् भने साउदी अरबमा दैनिक औसतमा ७०० भन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । यस्तै कुुवेत र यूएईमा दैनिक एक हजारको हारहारीमा नयाँ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ ।क

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 84 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा