काठमाडौं । फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको फिल्ममा उत्साहजनक टिकट बुकिङ देखिएको हो ।कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन् । ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन् ।काठमाडौंको सिभिल महललगायतका हलमा पनि ठूलो संख्यामा टिकट बिक्री भइरहेको छ । रिलिजको २४ घण्टा अगाडि नै शो हाउसफुल हुनु र धेरै अग्रिम बुकिङ हुनु चलचित्रको राम्रो व्यापार गर्ने संकेत हो ।अग्रिम बुकिङ राम्रो हुँदा मल्टिप्लेक्स सिनेमा हलहरूले शो थप्न थालेका छन् । काठमाडौंमा क्यूएफएक्सले
काठमाडौँ । कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने ‘मिस ग्लोबल २०२५’मा नेपालको प्रतिनिधित्व विधि लम्सालले गर्ने भएकी छन् । ‘मिस नेपाल पिस–२०२४’की बिधि कार्यक्रममा सहभागी हुन कम्बोडिया सोमबार साँझ पुगेकी हुन् । उनलाई प्रतियोगीतामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले विदाई गरेका थिए ।२४ फेब्रुअरीदेखि ९ मार्चसम्म १५ दिन कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने प्रतियोगीतामा उनी नेपालको एक्लो प्रतिनिधि हुन् । दुई दर्जन बढी देशका नर्सिङ सुन्दरीहरु सहभागी हुने प्रतियोगीतामा उनले नेपालको कलासंस्कृति समेत
काठमाडौँ । शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा सम्पन्न भएको हो । महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवम् चलचित्रकर्मीलाई पुरस्कृत गरिएको हो । महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिन् ।महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्
काठमाडौं । भोलि बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया नायक राजेश हमालले दिएका छन् । फिल्मको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित दिवाकर भट्टराई निर्देशित फिल्मको प्रिमियरमा भने किर्तिपुर सिनेप्लेक्ससम्म पुगेका थिए ।फिल्म हेर्न निकै उत्साहित रहेको बताउँदै हल छिरेका हमालले फिल्म हेरेपछि भने–‘यो फिल्ममा हरेक कुरा छ । फिल्मको कथावस्तुले मन छुन्छ । गीतसंगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । व्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरुले पनि निकै राम्रो काम गरेका छन् । यसैले, मायावीले बजार तताउने कुरामा विश्वस्त छु ।
काठमाडौं । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ दर्शकहरुका लागि प्रतिक्षित छ । यो फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । फिल्मको ट्रेलर केही दिनमा रिलिजमा आउँदैछ । यसैबिच, यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्मको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् ।प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो फिल्मको सामाजिक
काठमाडौं । फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने फिल्मको सोमबार बुकिङ खुला भएको हो ।यो फिल्मले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ ।विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ ।हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल
काठमाडौं । फागुन १४ गते, महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सुपरहिट फिल्म ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ।फिल्मले देशभर ८६ शो प्राप्त गरिसकेको छ। अन्य दुई फिल्मसँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक मान्न सकिन्छ। यसका लागि फिल्मको ट्रेलर र गीतहरूको लोकप्रियताले ठुलो भूमिका खेलेको छ।प्राप्त ८६ शो मध्ये फिल्मले काठमाडौं उपत्यकामा ४६ शो र बाहिर ४० शो पाएको छ। यो संख्या खल्ती मोबाइल एपमा देखिएको तथ्यांक हो। २०७२ सालमा पहिलो पटक प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो। तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका
काठमाडौं । आगामी चैत्र २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रालिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ ।यो कार्यक्रममा प्रस्तुति दिन ४ व्याण्डमध्ये एक व्याण्ड भने फाइनल भइसकेको छ । युवापुस्तामाझ लोकप्रिय रहेको ‘जोन एण्ड द लोकल्स’ व्याण्डले आफ्नो प्रस्तुति दिने पक्का भएको छ ।यो व्याण्डका गायक जोन चाम्लिङ राइको ‘हावा जस्तै, के गरौं, निहिती’ लगायतका गीतहरु चर्चित छन् । यस्तै, अन्य ३ व्याण्ड पनि केही दिनमै सार्वजनिक गरिने आयोजकले बताएको छ ।यो कार्यक्रममा
काठमाडौं । निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश फिल्म ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्शन हुने फिल्ममा सस्पेन्स, एक्शन र थ्रिल छ ।युकेका विभिन्न स्थानमा खिचिएको फिल्ममा बिश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ । फिल्मको ट्रेलरले दर्शकको मन जितिरहेको छ । फिल्ममा हलिउड कलाकार म्याट वेकफोर्डनट,जेमिमा टोम्स,मिया बेनेट,साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा अभिनीत छन् । विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता र एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको
धनकुटा । प्रतिभावान् साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा साहित्य विधाको अवार्ड घरमै पुगेर प्रदान गरिएको छ ।फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम तय भएपनि साहित्यकार घिमिरे स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सकेकी थिइन् ।उनको अवार्ड शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले ग्रहण गरेका थिए । तर, आइतबार साहित्यका घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँमार्फत हस्तान्तरण नयन एड्भरटाइजिङ मिडिया प्रा।लिद्वारा सञ्चालित प
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.