काठमाडौं— अन्तर्राष्ट्रिय एकल महिला दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसघंले सन् २०११ मा प्रत्येक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसकोरुपमा मनाउने घोषण गरेको थियो ।त्यसपछि नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी एकल महिला दिवस मनाउने गरिएको हो ।
पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । धेरै स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका संरचना धमाधम निर्माण भइरहेका छन् । मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त यस स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । माङहिम परिसरमा सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना भएपछि यो स्थान धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको हो ।यसै साता इलामको माङ्सेबुङबाट महागुरु फाल्गुनन्दको स
काठमाडौं । नेपालमा वैदिक सनातनी संस्कार र संस्कृतिको अपव्याख्या गरी प्रहार भएकोले त्यसमा जागरणको खाँचो रहेकोमा वक्ताहरुले जोड दिएका छन् । आइतबार राजधानीमा ‘ॐ पाथीभरा नेपाल आमा’ले पत्रकार सम्मेलनको आयोजना गरी वैदिक सनातन सबैको संरक्षक भएकोसमेत दबी गरेका छन् ।पाथीभराकी कर्ता पुस्तादेवि तामाङले नेपाल वैदिक सनातनको उद्गम स्थल भएको र यहाँको मौलिक धर्म–संस्कृतिमाथि सुनियोजितरुपमा विदेशी हस्तक्षेप भइरहेकोले नेपालीहरु जागरुक हुनुपर्ने जनाइन् । तामाङले असार १५ देखि २५ गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ६४ योगिनीद्वारा रिलेअनसन तथा क्षमा पुजा गर्ने जनाईन् । तामाङले धार्मिक विधिबाट ज्योतिर्लिङ्ग ६४ ब्
रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका आकाश भैरव हाँथ्व देउका दुई ऐतिहासिक मूर्ति स्वदेश फर्काउने अभियान सफल भएको छ ।करिब चार वर्षसम्म निरन्तर कानुनी, कूटनीतिक र प्राविधिक प्रयासपछि ती बहुमूल्य सम्पदा अन्ततः असार ४ गते आफ्नै थलो दोलखा फर्किएका हुन्। वि.स. २०५० फागुन २२ र २०५१ फागुन २४ गते दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट मल्लकालीन आकाश भैरवका दुई मूर्ति चोरी भएका थिए। त्यसयता सम्पदाको कुनै अत्तोपत्तो थिएन। तर, वि.स. २०७४ को इन्द्रजात्राका अवसरमा अनिलचन्द्र श्रेष्ठले ‘फोटोमा मात्र देख्न सक्छौँ हाम्रो हाँथ्व देउ’ शीर्ष
ललितपुर। करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ । वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलब
काठमाडौं । नेपाली कलाकारिता, लोकगीत, दोहोरी गीत, भजन, तीजगीत, देउसी भैलो तथा सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ गायक, संगीतकार, कवि, लेखक तथा अग्रज पत्रकार रामप्रसाद खनालको नयाँ शिव भजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र’ सार्वजनिक भएको छ ।भगवान शिवको विशेष दिन असार १ गते सोमबारको अवसर पारेर युट्युबमार्फत संसार भर हेर्न मिल्ने गरि सार्वजनिक गरिएको उक्त भजनले भक्तिभाव, आध्यात्मिक चेतना, भगवान पशुपतिनाथप्रतिको अटुट विश्वास तथा मानव जीवनका संघर्षबीच ईश्वरप्रतिको भरोसालाई भावपूर्ण ढंगले प्रस्तुत गरेको छ । खनालको उक्त भजनको शीर्षक ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र रु’ले नै परमात्माप्रतिको
काठमाडौं— विश्व खडेरीविरुद्ध संघर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०२६ को विश्व खडेरीविरुद्ध संघर्षको दिवसको विषयवस्तु 'चरन क्षेत्रस् पहिचान गरौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ ।' भन्ने रहेको छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले यो दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्र
उर्लाबारी— धिमाल समुदायको प्रमुख सांस्कृतिक पर्व जात्रि (सिरिजात) को समापनका अवसरमा मोरङ र झापाका पाँच स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन्। झापाको दमक नगरपालिका तथा मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले स्थानीय बिदा घोषणा गरेका हुन्।धिमाल समुदायले वैशाख २ गते लेटाङ–१ स्थित राजारानीको धिमालडाँडा ग्रामथानबाट सुरु गर्ने जात्रि पर्व असार २ गते समापन गर्ने परम्परा छ। झापा, मोरङ र सुनसरीका १०४ ग्रामथानमा दुई महिनासम्म सामूहिक पूजा–आराधना गरिने यस पर्वको समापन कार्यक्रम हरेक वर्ष उर्लाबारी–३ स्थित दशबिघा मैदानमा आयोजना हुँदै आएको छ। धिमाल जातीय विकास केन्
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रममार्फत काठमाडौंलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ।आइतबार महानगरको १९ औँ अधिवेशनमा कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवर्धन गर्ने विशेष रणनीति समेटिएका छन्। महानगरले काठमाडौंका मठ, मन्दिर, बहाल, बही, हिटी ढुङ्गेधारा, पोखरी, गुम्बा र फल्चालगायतका प्राचीन संरचनाहरूको डिजिटल अभिलेखीकरण, मर्मत र जीर्णोद्धारमा जोड दिएको छ। कार्यवाहक नगर प्रमुख डङ्गोलले भनिन्
काठमाडौं— आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ ।बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.