धर्म/संस्कृति

    Showing 441-450 of 632 items.
  • हिन्दुहरुको दोस्रो महान चाड तिहार : आज लक्ष्मी पुजा

    काठमाण्डौ ।    तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा परेको छ ।लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 340 पटक पढिएको
  • फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज मनाइँदै

    काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ। समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए। जसलाई सत्य धर्म मुचुल्का भनिन्छ। यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो।किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान दिएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको हो। किराँत समाज सुधारमा उनले पु¥याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • 143 पटक पढिएको
  • हिन्दुहरुको दोस्रो महान चाड तिहार सुरु : आज काग तिहार

    काठमाडौ । हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ । कागले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा लिइन्छ ।तिहारको पहिलो दिन आज कागको पुजा गरेर काग तिहार भनाएपछि चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा,

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • 300 पटक पढिएको
  • आजदेखि हिन्दुहरुको दोस्रो महान चाड तिहार, धनतेरस पूजा आज

    काठमाण्डौ ।  आजदेखि  हिन्दुहरुको दोस्रो महान चाड तिहार शुरु भएको छ ।पञ्चाग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ ।हिन्दु धर्म अनुसार कार्तिक महिना सबैभन्दा शुभ र फलदायक महिना मानिन्छ । यो महिना भगवान विष्णुको महिना हो । यस महिनामा भगवान विष्णु निद्रा अवस्थाबाट जाग्ने परम्परागत मान्यता छ।भगवान विष्णु निद्राबाट उठेपछि सबै मांगलिक कार्य शुरू गर्ने मान्यता रहँदै आएको छ । तिहारको सुरुवात नै धनतेरसबाट सुरु हुन्छ । काग तिहारको दिन धनतेरस पर्व मनाइन्छ । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने गरिन्छ । सुरुको

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • 241 पटक पढिएको
  • भाइटीकाको शुभ साइत कात्तिक २९ गते १० : ५१ बजे

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० : ५१ बजे शुभ रहेको जनाएको छ ।भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 185 पटक पढिएको
  • आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

    काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते (आज) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक अपराह्न ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)मा उल्लेख छ ।ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्न हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्न हुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्न नहुने शास्त्रीय वचन रहेको पनि धर्म

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • 213 पटक पढिएको
  • आज दशैको अन्तिम दिन कोजाग्रत पूर्णिमा

    काठमाडौं । यसवर्षको वडादशैं आजबाट सकिंदैछ । हिन्दु धर्मालम्वीहरुको महान् चाड दशैंको आज अन्तिम दिन कोजागत पूर्णिमा हो । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैं सकिन्छ ।राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे हो । आफूभन्दा ठूला आफन्तहरुबाट टिका ग्रहण गरी आर्शीवाद थापेर यो वर्षको दशैंलाई नेपालीहरुले आजबाट विदा गदैछन् ।आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भए

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • 253 पटक पढिएको
  • कात्तिक ११ गते (शनिवार) खण्डग्रास चन्द्रग्रहण लाग्ने

    काठमाडौँ । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेक

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 346 पटक पढिएको
  • बडादसैँ ; टीका–जमरा आज पनि लगाइँदै

    काठमाण्डौ   ।   आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल शुक्रबार पनि जारी छ।घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म न

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 295 पटक पढिएको
  • बडादसैँ ; टीका–जमरा आज पनि लगाइँदै

    काठमाडौं ।  आज दसैको तेस्रोदिन आश्विन शुक्ल पक्षको द्वादशी बिहिबार पनि बडादशैँको टीका लगाउने क्रम जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।पश्चिम नेपालका धेरे जिल्लामा विजयादशमीको दिन मात्र टीका लगाउने प्रचलन रहे पनि अरु स्थानमा पूर्णिमासम्म टीका लगाउने गरिन्छ। बडादशैँमा अधिकांशले आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर आर्शिवाद लिएका छन् ।घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउने यो क्रम पूर्णिमासम्म रहन्छ।आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • 234 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा