धर्म/संस्कृति

    Showing ३७१-३८० of ९७९ items.
  • मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

    महेन्द्रनगर (धनुषा), ८ कात्तिक : मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताउनुभयो । उहाँले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको भन्नुभयो ।गुप्ताले यो वर्ष प्रतिअघ्र्य रु ६०० निर्धारण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले दिँदैनन् । नदिनेले पनि

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ५१९ पटक पढिएको
  • छठ पर्वको तयारी सुरू, पोखरी घाटहरु सजाइँदै

    जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ ।भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ । जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध मानिन्छ । जनकपुरधामको गंगासगर पोखरी, धनुष सागर, अरगज्जा पोखरी, रुकमिनि पोखरी, अग्निकुण्ड, ध्रुवकुण्ड, रत्नसागर, दशरथ तलाउलगायत पोखरीका घाटहरुमा सरसफाई गरिनुका साथै, टेन्ट लगाउने कार्य तीव्र रुपमा भइरहेको छ ।चार दिन सम्म मनाइने छठ पर्व यस वर्ष शनिबार (भोली) देखि सुरु हुँदै छ । शनिबार ‘नहाय–खाय’ विधि गरिनेछ । ब्रतिले पहिलो दिन ‘नहाय–खाय’ गरी शरीर र मनलाई शुद्ध बनाउने काम गर्छन्

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ४५५ पटक पढिएको
  • तिहार सकियो, छठ पर्वको चहलपहल सुरु

    काठमाण्डौ  ।  यस वर्षको तिहार पर्व सकिएको छ । बिहीबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।तिहार पर्व सकिएपछि छठ पर्वको चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ५८६ पटक पढिएको
  • दोस्रो ठूलो चाड तिहार भाइटीका सङै सकियो तिहार

    काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन  दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।यमपञ्चक समेत भनिने तिहारको छैटौं एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ६२५ पटक पढिएको
  • राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा  ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण  गरेको थियो  । भाइटीकाको उत्तम साइत  तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।  यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनी

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • ४५९ पटक पढिएको
  • आज दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ मा उत्तम साइत

    काठमाण्डौ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभा

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • ४३० पटक पढिएको
  • मौलिकता हराउँदै देउसी–भैलोमा

    रामेछाप । केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो । दशैं सकिएलगत्तै युवाहरुले देउसी–भैलोको तयारी सुरु गर्थे । कोही मादलमा खरी हाल्न मिस्त्रीकहाँ पुग्थे । कोही दर्जीका घरमा बाजा मिलाउन र ताल सिक्न व्यस्त हुन्थे । टोलका सबै उमेरका मानिसहरू मिलेर नाचगान र बाध्यवादनको अभ्यास गर्थे । त्यतिबेला देउसी–भैलो केवल रमाइलो होइन, सांस्कृतिक प्रदर्शन र सामुदायिक एकताको प्रतीक थियो ।तर अहिले त्यो मौलिकता हराउँदै गएको छ । रामेछापको मन्थली बजारका धेरै ठाउँमा साँझ खेलिएका देउसी–भैलोमा अब न त पुराना बाजा सुनिन्छन्, न मौलिक गीत र नाच देखिन्छ । माइक र स्पिकरमा बजाइएका आधुनिक गीतमा युवा–युवती

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ६७२ पटक पढिएको
  • तिहारको पाचौ दिन, आज गाई पूजा

    काठमाण्डौ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही सम

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ४५० पटक पढिएको
  • कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

    काठमाडौँ।  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी श्रद्धा भक्तिका साथ लक्ष्मीपूजा पर्व मनाइएको छ ।प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । लक्ष्मी पूजाका लागि सोमबार साँझ आँगन, मूलढोका हुँदै लक्ष्मी स्थापना गर्ने पूजाकोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अविरले लक्ष्मीको पाइला बनाएर लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाउँदै

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • ४१० पटक पढिएको
  • आज तिहारको तेस्रो दिन: यसरी गरियो नरक चतुर्दशी स्नान

    काठमाडौ।  प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान विधिपूर्वक गरिएको छ । स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने गरेको छ । आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजै कुकुरको पूजा

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ४१४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.