आर्थिक

    Showing ३११-३२० of ४,५१९ items.
  • राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो करारमा १८० कर्मचारी (सूचनासहित)

    काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालय, थापाथलीले करार सेवामा जनशक्ति माग गरेको छ ।कार्यालयले सोमवार सूचनामार्फत राष्ट्रिय आर्थिक गणना, २०८२ को संकलित फारामहरूको कोडिङ, एडिटिङ र तथ्यांक प्रविष्टि (डाटा इन्ट्री)कार्यका लागि कर्मचारी आह्वान गरेको हो ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भर्नुपर्ने कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०८३
    • ४३३ पटक पढिएको
  • नेप्सेका सिईओ चुडामणि चापागाईंको राजीनामा

    काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।उनले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।चापागाईंले व्यक्तिगत कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेको बताएका छन्। उनी २०८१ साल चैत १९ गते नेप्सेको सिईओमा नियुक्त भएका थिए।उनको राजीनामापछि नेप्सेको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा अब सरकारले आवश्यक प्रक्रिया अघि बढाउनेछ।

    • प्रकाशित मितिः असार २२, २०८३
    • ५०५ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । सोमबार सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ८९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ४५८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६०५ मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असार २२, २०८३
    • ६४१ पटक पढिएको
  • मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा सम्बोधन हुनुपर्छ: अध्यक्ष श्रेष्ठ

    काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या समाधान गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले बजेटले केही विषय सम्बोधन गरे पनि बाँकी रहेका महत्वपूर्ण मुद्दा मौद्रिक नीतिमार्फत सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए। उनले,‘मुलुकले परिवर्तन, हस्तान्तरण र पुस्तान्तरण खोजेर नयाँ छलाङ मार्ने चरणमा प्रवेश गरेको छ। जनता र व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो अपेक्षा छ। बजेटले सम्बोधन गर्न नसकेका विषय मौद्रिक नीतिले सम्बोधन

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३०८ पटक पढिएको
  • सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास

    धनगढी। हरेक वर्षका बजेटमार्फत सडक बन्छन्, पुल थपिन्छन्, सिँचाइ आयोजना अघि बढ्छन् र विद्यालय तथा अस्पतालका भवन निर्माणका घोषणा दोहोरिन्छन् । यस अर्थमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट पनि अपवाद होइन । ‘एक स्थानीय तहः दुई उत्पादन’, ‘एक घरः एक धारा’, ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’, ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’जस्ता कार्यक्रम विगतकै निरन्तरतास्वरुप आएका छन्् ।प्रदेश सरकारले यसपटक भने बजेटमार्फत नयाँ सोच अगाडि सारेको छ । बजेटलाई विकासको परम्परागत परिभाषाभन्दा बाहिर निकाल्ने प्रयास गरिएको छ । प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्व

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३६० पटक पढिएको
  • सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड

    बाँके— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानहरूसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेटको सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन सुझाव दिए । उनले राष्ट्रिय गौरवको यस आयोजनालाई

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४४६ पटक पढिएको
  • सरकारका १०० दिनः उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

    काठमाडौं—  चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँ मध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु किसानले भुक्तानीका लागि ६ देखि ८ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको जानकारी दिए ।  सरकारका तर्फबाट दिइने प्रतिक्वीन्टल ७० रुपैयाँका दरको करिब एक अर्ब ५२ करोड रुपैयाँ अनुदान रकम सम

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४१६ पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइताबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७९ पै

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४३४ पटक पढिएको
  • इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

    काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगम ले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। त्यसअनुसार उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि घटाउन विभागले अनुरोध गरेको हो।मन्त्री यादवले इन्धनको मूल्य घटेको लाभ आम उपभोक्तासम्

    • प्रकाशित मितिः असार २०, २०८३
    • ६२१ पटक पढिएको
  • राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

    काठमाडौं— राष्ट्रिय वाणिज्य बैङ्क ले आजदेखि अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ।सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार ग्राहकलाई सहज, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले बैङ्कले डिजिटल माध्यमबाट कर्जा आवेदन दिने व्यवस्था सुरु गरेको जनाएको छ।बैङ्कका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार अब सेवाग्राहीले घरबाटै अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्। यसबाट कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे हुने अन्योल अन्त्य हुने विश्वास बैङ्कले लिएको छ।रेग्मीले कर्जा प्रक्रियालाई अझ सरल, पारदर्शी र झन्झटरहित बनाउन यो सेवा

    • प्रकाशित मितिः असार २०, २०८३
    • ५०८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.