आर्थिक

    Showing 1,061-1,070 of 3,260 items.
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घेटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १/१ रुपैयाँका दरले मूल्य घटाएको हो । एलपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिकबतर्फ प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार काठमाडौँमा अब पेट्रोलको खुद्रा मूल्य १५८ रुपैयाँ र डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुनेछ। 

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 453 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं—  नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।मंगलबार एक लाख ८८ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी एकहजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 305 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ९९  पैसा र बिक्रीदर १६५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 249 पटक पढिएको
  • दोहोरो अङ्कले घट्यो नेप्से, सात अर्ब ५७ करोडको कारोबार

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो ।आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ५७ करोड ५२ लाख छ हजार २७८ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव २२ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ५७, विकास बैङ्क शून्य दशमलव ९०, होटल

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 273 पटक पढिएको
  • एशियामा कम आय भएका अर्थतन्त्रहरू प्रभावित हुनसक्ने चेतावनी

    काठमाडौं— चलिरहेको व्यापार तनावका कारण एशियाको वृद्धि सुस्त भइरहेको छ । आईएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले कम आय भएका एसिशाली अर्थतन्त्रहरू विशेष रूपमा प्रभावित हुनसक्ने चेतावनी दिएका छन् ।गत बिहीबार आईएमएफले बढ्दो व्यापार तनावको बीचमा यस वर्ष एशिया र प्रशान्त क्षेत्रको वृद्धि ३।९ प्रतिशतमा झर्ने अनुमान गरेको छ । जुन अघिल्लो प्रक्षेपणभन्दा ०.५ प्रतिशत बिन्दुले गिरावट हो । आईएमएफले एशियाको लागि आफ्नो पछिल्लो प्रक्षेपण जारी गरेपछिको अन्तर्वार्तामा श्रीनिवासनले भने ट्यारिफ, व्यापार तनाव, बढेको अनिश्चितता र वित्तीय अवस्थाको कडापनलाई डाउनग्रेडको कारण बनाइएको बताए ।बढ्द

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 307 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा कायम भएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 251 पटक पढिएको
  • नेप्सेमा दोहोरो अंकको गिरावट, लगानी समूहमा सबैभन्दा बढी दबाब

    काठमाडौ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। कारोबारको अन्त्यमा नेप्से १४.५३ अंकले घटेर २६४७.७० विन्दुमा पुगेको छ।आजको दिन ३२७ वटा कम्पनीका दुई करोड ३६ लाखभन्दा बढी कित्ता शेयर किनबेच भए। ७६ हजार ९९८ पटकको कारोबारमार्फत कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।समूहगत उपसूचकतर्फ हेर्दा, वित्त समूह १.४०% र व्यापार समूह ०.४२% ले वृद्धि भएको छ। बाँकी सबै समूहमा गिरावट देखिएको छ। सबैभन्दा ठूलो गिरावट लगानी समूहमा देखिएको हो, जसको उपसूचक २.१४% ले घटेको छ।

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 360 पटक पढिएको
  • सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

    काठमाडौं ।  सहकारी पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गर्दै चित्त नबुझेको आफ्नो आक्रोश प्रकट गरेका छन्।सोमबार  (आज), पीडितहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ जस्ता नारा लेखेका प्लेकार्डसहित सडकमा उत्रिएका थिए।सहकारी संस्थाहरूको रकम अपचलनका कारण पीडित भएका बचतकर्ताहरू महिनौं देखि सडक आन्दोलनमा छन्। उनीहरूले सहकारी संस्थाका सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता गर्न माग गर्दै आएका छन्। यद्यपि, तिनीहरूको मागमा सरकारले अहिलेसम्म कुनै कदम चालेको छैन, जसले गर्दा उनीहरूको आक्रोश अझ तीव्र बनेको छ।

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 437 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैय

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 258 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 250 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा