काठमाण्डौ  ।   मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । 

दिउँसो हिमाली भूभागमा अधिकांश बादल, पहाडी  भूभागमा साधरणतया बादल र तराई भूभागमा  आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी,असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति देशको हिमाली भूभागमा अधिकांश बादल तथा कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा  साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।