झापा । आज रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको नेतृत्वमा झापाका चारवटा निर्वाचन क्षेत्रलाई समेट्ने गरी बृहत् चुनावी अभियान ‘रोड शो’ सञ्चालन गर्दै छ।
अभियान भद्रपुरबाट सुरु भएर काँकडभिट्टा प्रस्थान गर्दै चुनावी प्रचारप्रसार झापा क्षेत्र नं. १, २, ३ र ४ लाई विशेष प्राथमिकतामा राखेको छ। काँकडभिट्टाबाट सुरु हुने रोड शो शान्तिनगर, बुधवारे, अर्जुनधारा, बिर्तामोड हुँदै भद्रपुरसम्म पुग्नेछ। त्यसपश्चात् हुलाकी मार्ग प्रयोग गर्दै क्षेत्र नं. ३, ४ र ५ का विभिन्न स्थानहरूमा चुनावी सभा र प्रदर्शन गरिने रास्वपाले बताएको छ।
निर्वाचन नजिकिएसँगै रास्वपाले देशभर आफ्ना शीर्ष नेताहरू परिचालन गरी चुनावी माहोललाई तीव्रता दिइरहेको छ।






































