काठमाण्डौ  ।   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी  दुर्गा प्रसाईलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ।

प्रसाईँले शनिवार अनिश्चितकालका लागि आम हडतालको घोषणा गरेका थिए। उनलाइ जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताएका छन ।

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ ।