एजेन्शी  ।  भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशको काकिनाडामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।

विशेष गरी दिवालीको हिन्दू चाड र विवाह उत्सवको समयमा भारतमा पटाका पड्काएर गरिने उत्सव धेरै लोकप्रिय मानिन्छ ।

भारतमा पटाका कारखानामा पटक पटक विस्फोटका घटना हुने गर्छन् तर मानवीय हताहतीका घटनाले पटाकाको उत्पादन र प्रयोगको अभ्यासप्रति प्रश्न चिन्ह खडा गरेको छ