काठमाण्डौ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएपनि यथावत राखेको जानकारी दिएको छ।
निगमले इण्डियन आयल कर्पोरेशनबाट फागुन १६ मा पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य प्राप्त भएको जनाउदै प्रति लिटर पेट्रोलमा २. ०९ रुपैयाँ, डिजेलमा २. ४७ रुपैयाँ र एलपि ग्याँसमा प्रति सिलिण्डर १८. ५८ रुपैयाँले तथा हवाई इन्धनमा प्रति लिटर ५. ९८ रुपैयाँले बढेर आएको भएतापनि आम उपभोक्तको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साविकको पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखिएको जनाएको छ ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेकइभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । जसअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १५७ रुपैयाँ, डिजल-मट्टीतेल प्रतिलिटर १४२ रुपैयाँ र एलपी ग्याँस प्रति सिलिण्डर १९१० कायम रहेको निगमले जनाएको छ ।







































