एजेन्शी  ।  रुसले अमेरिका र रसियालाई इरान माथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको छ।

रुसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा सैन्य गतिविधि रोकेर स्थिति कूटनीतिक र राजनीतिक समाधानको मार्गमा फर्काउन आवश्यक रहेको उल्लेख छ। वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायले थप अस्थिरता निम्त्याउने जिम्मेवारहीन कार्यहरूको निष्पक्ष मूल्यांकन छिटो सार्वजनिक गर्नुपर्ने पनि भनिएको छ। 

रसियाले अन्तर्राष्ट्रिय कानुन, आपसी सम्मान र स्वार्थ सन्तुलनमा आधारित शान्तिपूर्ण समाधानको प्रयासमा सहयोग गर्न तयार रहेको जनाएको छ।