एजेन्शी  ।   मध्य पूर्वको अवस्था अब तनावपूर्ण मात्र नभई विनाशकारी पनि बन्ने अवस्था सृजना भएको छ ।

इजरायल र संयुक्त राज्य अमेरिकाले अपरेशन रोअरिङ लायन अन्तर्गत सल्काएको आगो अब खाडी क्षेत्रमा फैलिएको छ। इरानले डरलाग्दो प्रतिक्रिया दिएको छ जसले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको छ।

इरानले छिमेकी युएई, बहराइन र कतारमा रहेका अमेरिकी सेनाका अड्डाहरूमा मिसाइल प्रहार गरेको छ। इरानले एकैपटक ८ देशमा आक्रमण गरेको छ।