एजेन्शी । इरान द्वारा खाडी मुलुकमा लगातार हमला गरिरहेको छ। इजरायलले आक्रमण गरेपछि इरानले खाडी मुलुकहरूमा प्रतिआक्रमणलाई तीब्रता दिएको छ ।
इरानले कतार, कुवेत, युएई र बहराइनमा आक्रमण गरेको इरानको फार्स समाचार एजेन्सीले जनाएको छ ।
समाचार एजेन्सीको हवाला दिँदै अलजजिराले कतारको अल–उदेइद एयर बेस, कुवेतको अल–सलेम एयर बेस, युएईको अल–धफ्रा एयर बेस र बहराइनमा पाँचौं अमेरिकी बेसमा इरानले आक्रमण गरेको समाचार प्रकशित गरेको छ ।






































