काठमाण्डौ । जेनजी आन्दोलनका विषय समेटिएको सुष्मा महराको शब्द तथा अभिनय रहेको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ ।
सत्यराज आचार्यको स्वर, वरिष्ठ सङ्गीतकार पुरुषोत्तम न्यौपानेको सङ्गीत र दीक्षित पौडेलको सङ्गीत संयोजन रहेको यस गीतले राष्ट्रियता, सामाजिक यथार्थ र देशको वर्तमान अवस्थालाई समेटेको छ।
शक्ति प्रज्वल घिमिरेको निर्देशनमा तयार पारिएको भिडियोले देशको राजनीतिक र सामाजिक परिवेशलाई ऐना देखाउने प्रयास गरेको छ।
राजेश घिमिरेको छायाङ्कन र सतिश श्रेष्ठको सम्पादन रहेको गीतले विविधतामा एकता र देश सुधारका लागि सबै नेपाली एकजुट हुनुपर्ने सन्देश दिएको छ।





























