काठमाण्डौ । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न डिआइजी ईश्वर कार्की सिफारिस भएका छन्।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल उनी कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।






































