काठमाडौं — इरानको जेलमा रहेका पाँच नेपाली नागरिकलाई रिहा गराएर नेपाल ल्याइएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिँदै ती नेपालीहरूलाई बिहीबार काठमाडौँ ल्याइएको जनाएको छ।
मन्त्रालयका अनुसार इरानी अदालतबाट थुनामुक्त हुने आदेशपछि उनीहरूलाई तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को सहयोगमार्फत स्वदेश फिर्ता गराइएको हो।
तर, परराष्ट्र मन्त्रालयले ती नेपालीहरूको नाम भने सार्वजनिक गरेको छैन।
यसअघि इरान–इजरायल तनावका क्रममा तीन चरणमा गरेर ९ जना नेपालीको उद्धार गरिसकिएको जानकारी पनि मन्त्रालयले दिएको छ।