काठमाडौं–काठमाडौं–अविरल वर्षाले देशभर बाढी र पहिरोको कहर निम्त्याएको छ । गत जेठ २८ गतेदेखि निरन्तर परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्का घटनामा आइतबार दिउँसो सम्म १५३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीको समाचार कक्षले जानकारी गराएको छ । 

OM Sai Pathibhara Hospital

यसैगरी, बाढी र पहिरोका कारण देशभर १७७ जना घाइते भएका छन्। घाइतेहरूको विवरण अनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

विभिन्न स्थानमा फसेका मानिसहरूको उद्धार कार्य पनि जारी छ । अहिलेसम्म काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनाको उद्धार गरिएको छ। यो विपद्का कारण विभिन्न स्थानमा ४७ जना बेपत्ता भएका छन् ।