काठमाण्डौ  । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् ।Screenshot_2024_0803_203928

उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।Screenshot_2024_0803_203951

शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज लगाइदिएकी थिइन्।