काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको विमान दुर्घटनामा १८ जनाको शव फेला परेको छ । नागरिक उड्डयन प्राधिकरणले यसबारे जानकारी गराएको हो ।

विमानका पाइलट क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ । विमानमा जम्मा १९ जना सवार थिए । सौर्य एयरलाइन्स कम्पनीको विमान बिहान ११:३० बजे काठमाडौंबाट पोखराका लागि उडेको केही समयमा त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो ।

OM Sai Pathibhara Hospital

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज विहान  दुर्घटना भएको थियो । उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । प्राविधिक परीक्षणका लागि पोखरा जाँदै गरेको विमानमा सवार सबै सौर्यका कर्मचारी थिए । 

List