काठमाडौं–सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका चार जनाको शव फेला पारिएको छ । दुर्घटनाग्रस्त विमानले अन्य विमानहरूमा क्षति पुर्याएको छैन । आज करिब ११ बजेतिर पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको पाइएको छ । 

जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने दर्जनौ उडान–अवतरण सबै बन्द भएका हुन । उद्धारको काम जारी भएकाले आन्तरिक जहाजहरूलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् ।