काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएमई जहाज दुर्घटनामा परेको हो ।

उक्त विमानमा १९ जना यात्रारत रहेको पाइएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । अहिले उद्धारको काम जारी छ । दुर्घटनास्थलमा अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली परिचालन भएको छ ।