काठमाडौँ- गत ११ महिनामा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई दिने कर्जा २ खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा र१५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्प प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ।

OM Sai Pathibhara Hospital

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.६ प्रतिशत र ३७.४ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले, विकास बैंकहरुका े४.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको छ। 

सहुलियत कर्जाको स्थिति

२०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको रु.१३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । 

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार १ सय ४२ ऋणीलाई प्रवाह भएको रु.९२ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ३ सय ८५ महिला उद्यमीलाई प्रवाह भएको रु.४० अर्ब ९२ करोड कर्जा बक्यौता रहेको छ । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय २९ ऋणीको रु.१ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।