काठमाण्डौ । दाङबाट काठमाडौं हिडेको रात्री बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।

तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस शनिबार बिहान ५ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिक सडकको किनारामा पल्टिएको हो ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

अन्य घाइतेको उपचार मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा भइरहेको छ । प्रहरीका अनुसार घाइते सल्यान छत्रेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उहाँका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बागचौर नगरपालिका-१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ ।