काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयको बिहीबार बसेको बढुवा सिफारिस समितिले १२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा एसपी राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविराज कर्णजीत, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहर सिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

OM Sai Pathibhara Hospital

उनीहरु सि.सं. २ बाट भर्ना भएका अधिकृतहरु हुन् । सशस्त्र प्रहरीमा भर्ना हुने पहिलो ब्याचको टोली डीआईजी भइसकेको छ ।बढुवा सिफारिसमाथि चित्त नबुझे सात दिनभित्र उजुरी दिनसक्ने भनिएको छ । सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।FB_IMG_1692308419648