• इन्दु पूर्वेली/मनोज बस्नेत / चारदशक अघिदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिएका सक्रिय राजनीतिज्ञ देउकुमार थेवे आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि झापा क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् । नेपाली कांग्रेस झापाका सभापति रहेका थेवे नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस लगायतका दलहरू सम्मिलित गठबन्धनका साझा उम्मेद्वार हुन् । ताप्लेजुङको तत्कालीन आम्बेगुदिन गा.वि.स मा बसोबास रहेकै बेला २०३६ सालमा नेविसङ्घबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन्–देउमान । सपरिवार बसाइ सरेर २०३८ सालमा झापाको कुमरखोदमा आएपछि २०४२ सालबाट झापा कांग्रेसमा आबद्ध भई प्रजातान्त्रिक आन्दोलनमा होमिए उनी । २०४६ सालको जनआन्दोलन सफल भएर बहुदलीय ब्यवस्था लागू भएसँगै कांग्रेस सहितका दलहरू खल्ला राजनीतिमा प्रवेश गरे । २०४६ साल पश्चात थेवे कुमरखोद गा.वि.स. को पार्टी उपसभापति एवं कुमरखोद गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए ।

जनप्रतिनिधि भएर होस वा नेपाली कांग्रेस पार्टीको विभिन्न पदीय भूमिकामा रहँदा होस वा कुनै पदीय दायित्वमा नरहेर पनि झापा क्षेत्र नं–४ को विकास र समृद्धिका लागि सदा क्रियाशील नेता थेवेको पहलमा सो क्षेत्रमा थुप्रै विकास निर्माणका कामहरू भएका छन् । नेपाली कांग्रेस पार्टीको नेतृत्व गर्दै नेता देउकुमार थेवे जनताको सुख, दुःखमा साथसाथै पुग्छन् अनि जन आवश्यकताका विषयलाई पार्टीका नेतृत्व गणसँगको सहकार्य तथा आफ्नो जनसम्पर्कका आधारमा उपल्लो एवं विभागीय समिति सम्म पुर्‍याएर विकासका योजनाहरू आफ्नो क्षेत्रमा केन्द्रित गर्छन् ।

उनकै पहलमा झापा गाउँपालिकाको मिलन बस्तीमा पक्की बाँध र बास पाइलिङ, कनकाइ नदीको वहावबाट डुवान र कटान प्रभावित क्षेत्र झापा गा.पा.को सिमलबाडीमा तीनसय मिटर पक्की बाँध, कनकाई नगरपालिकाको मन्सापुर लुकुनीखाडीमा पक्की बाँध, शिवसतासी ७ को चन्द्रडाँगी  र ब्याङडाँडा, ६ को शिवगञ्ज, गौरीगञ्जको बगाहाचौघारी क्षेत्रमा  पक्की बाँध निर्माण गर्न सफल भएका छन् । जसका कारण हजारौं नागरिकले बर्सादको समयमा शान्तिको श्वास फेर्न पाएका छन् भने डुवान र कटानको समस्याबाट समेत मुक्ति पाएका छन् । मुख्य गरी विरिङ, कनकाई र कमल नदीको प्रवाहका कारण बर्सादका समयमा हुने डुवान, कटान, एवं बालीनाली नै नष्ट हुने स्थानीयको समस्या सो क्षेत्रमा छ, त्यसको समाधान पर्खिरहेका स्थानीय विकासवादी नेताको पर्खाइमा छन् । 

OM Sai Pathibhara Hospital

स्थानीय भएका कारण पनि आफ्नो क्षेत्रका सबै समस्याबारे जानकार थेवेका प्राथमिकताका योजनामा पर्छन्– बाढीबाट अति प्रभावित क्षेत्रमा तटबन्ध एवं विपद् व्यवस्थापन । त्यस क्षेत्रका सामुदायिक एवं सार्वजनिक महत्व बोकेका सामाजिक संस्था एवं प्रतिष्ठानहरुको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएका थेवेकै पहलमा  कनकाई छठ समाज सामुदायिक भवनका लागि तीन आर्थिक बर्षमा १०/१० लाख गरी ३० लाख रुपैया बजेट प्राप्त भएको छ भने सम्पूर्ण सन्थालहरुको संस्कार र संस्कृतिको संरक्षण गर्र्दै संग्रहालयकै रुपमा विकसित गर्ने लक्ष बोकेको तुर्सा हेमरम स्मृति प्रतिष्ठानको निर्माणाधिन भवनका लागि २० लाख रुपैयाँ बजेट पार्न सफल भएका छन् ।

शिक्षा, सडक, सिंचाई एवं किसानहरुको समस्या समाधानमा समेत अग्रणी भूमिका खेल्दै आएका थेवेको पहलमा झिलझिले मा.वि., लालपानी मा।वि।, जानकी मा।वि।, भृकुटी मावि कनकाइ–७, बालकल्याण मा.वि. गौरीगञ्ज, सरस्वती मा.वि. झापा–१ को भवन निर्माणार्थ प्रति विद्यालय ४५÷४५ लाखका दरले योजनामार्फत बजेट विनियोजन भएको छ । झापा क्षेत्र नं–४ को समुन्नतिका लागि अहोरात्र खटिरहने थेवेकै पहलमा जनचेतना मा.वि. कनकाई–३, जनकल्याण मा.वि. झापा गाउँपालिका–७ को भवन निर्माणका लागि प्रति विद्यालय २२ लाख, ५० हजार रुपैयाँ बजेट भित्रिएको छ । त्यसैगरी सरस्वती मा.वि. कनकाइ–२, पशुपति प्रा.वि. कनकाई–१, त्रीभूवन मा।वि झापा–२ को भवन निर्माणार्थ थेवेकै पहलमा प्रति विद्यालय ६ लाख ५० रुपैयाँका दरले बजेट विनियोजन भएको छ ।

झापा क्षेत्र नं–४ को शैक्षिक विकासका लागि क्षेत्र नम्बर–४ का २५ भन्दा बढी विद्यालयको भवन निर्माण, मर्मत संभार, प्राविधिक शिक्षा, भौतिक विकासका लागि थेवेको पहलमा उक्त बजेट भित्र्याइएको हो । खानेपानी, सडक, सिंचाई, शिक्षा, स्वास्थ्य मानवका आधारभूत आवश्यकताभित्रै पर्छन् । जनताका यी आवश्यकता पूरा गर्न निरन्तर लागि परेका थेवेले जनस्तरमा स्वस्थ खानेपानीको पहुँच पु¥याउन कनकाई खानेपानी आयोजना निर्माण एवं क्षेत्र विस्तारका लागि ३ करोड, बैगुनधुरा खानेपानी आयोजनाका लागि ३ करोड ५० लाख, भवानी खानेपानी कनकाई–७ र जामुनखाडी–प्रजापति खानेपानी आयोजनाका लागि प्रतियोजना १ करोड ५० लाखका दरले बजेट पार्न सफल भएका छन् । यसैगरी कनकाई नगरपालिका–३ महेन्द्र राजमार्ग उत्तर हरिनन्दन मार्ग सडक कालो पत्रे गर्न ०७९–८० कालागि ५० लाख योजना पार्न सफल थेवेले गरेका विकासे योजनाका यी केही उदाहरणमात्रै हुन् ।

त्यस्तै मुख्य समस्याको रुपमा रहेको कनकाई र शिवसताक्षी नगरको विचमा पर्ने कनकाइ,  बिरिङ र कमल नदीले वर्सैपिच्छे गरेको कटानका कारण कतिले घरवारविहिन बन्नुपरेको छ भने कतिपयको जग्गाजमिन खोलामा परिणत भएको छ । जसका कारण त्यहाँका कतिपय नागरिकले हातमा धनिपूर्जा भएर पनि सुकुम्बासी एवं घरबारविहीन बन्नुपरेको छ । यी नदीको कटान एवं डुबान रोकथाम गरी सुरक्षित मानव बस्ती निर्माणका लागि थेवेकै पहलमा नेपाल सरकार एवं विपद् ब्यवस्थापनका क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुसँगको पहलमा अति प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गरिएको हो । यसैगरी थेवेकै पहलमा कनकाइ नदीको पुर्वी तिरमा रहेको धनुषकोटी धाम क्षेत्रको नदी कटानबाट संरक्षणका लागि झोलुङे पुलको तलतिर जनताको तटबन्ध कार्यक्रमबाट १ करोड १५ लाख ल्याएर पूर्वपट्टीको धनुषकोटी धामलाइ पनि सुरक्षित गरिएको छ ।  त्यस्तै कनकाइ वडा नम्बर–६ स्थित मन्सापुर लुकुनिखाडी भन्ने बस्तिमा बिरिङको बाढीले बास उठाउन लागेको अवस्थामा चरण–चरण गरेर करिव ३ करोड बराबरको २५० देखि ३०० मिटर सम्मको तटबन्ध गर्नको लागि केन्द्र सरकारबाट बजेट तानेर काम गराइएको छ । त्यस्तै कुनै पनि बेला बाढी होस या आगलागी, झरी बादल केही नभनी थेवेले विपद्मा कार्य गर्ने विभिन्न साझेदार संस्थाहरुसँगको सहकार्यमा जनताको घर–घरमा पुगेर उनीहरुको उद्दार, राहत र पुनस्र्थापनका लागि कार्य गरिरहेका छन् ।

थेवेका अवको मुख्य योजना भनेको जनताको सारथी एवं सेवक बनेर जनसेवा गर्दै आफ्नो क्षेत्र एवं जिल्लाको समग्र विकास गर्ने हो । यो क्षेत्रको मुख्य समस्याका रुपमा रहेका खोलाहरु कनकाइ, विरिङ र कमललाइ सकेसम्म पुरानै धारमा फर्काएर मानव बस्तीलाई भयरहित र सुरक्षित बनाउने योजना थेवेले अघि सारेका छन् ।  ब्यापारिक दृष्टिले अत्यन्तै छोटो मार्गको रुपमा देखिएको झापा बजारदेखि सुरुङ्गा, दानाबारी हुँदै इलाम जोड्ने बाटो यथाशीघ्र निर्माण गरी सुचारु गरेर इलामदेखि भारतको किसनगञ्जसम्मको व्यापारलाई सडक सञ्जालमार्फत जोड्ने, प्रदेश र केन्द्रको बजेट तानेर स्थानीय विकासमा जोड दिदै जाने, सदैव झापा बसेर सबैसँङ हातेमालो गर्दै जनसेवा गरिरहने उनका मुख्य योजना छन् । बाढीको मुख्य जोखिम क्षेत्र रहेका कारण कनकाई, विरिङ, कमल खोलाका कतिपय स्थानमा तटबन्ध बनेपनि कतिपय स्थानमा नबनेको हुँदा बढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गरी जन–धनको सुरक्षा, नयाँ सडक निर्माण एवं उत्तर–दक्षिण (सुरुङ्गा–झापा, दुधे–महाभारा, झिलझिले–सिवगञ्ज–कोरोबारी)–का सडकको स्तरोन्नति, स्वास्थ्य, शिक्षा, गास,बास, कपास जनताका आधारभूत आवश्यकतालाई पूर्ण गर्दै जीवनस्तर उकास्ने, सुकुम्बासी, अब्यवस्थित एवं भुमिहिन जनतालाई लालपूर्जा वितरण गर्ने उनका प्रमुख योजना छन् ।

साथै क्षेत्रका अधिकतम जनता कृषिमा निर्भर रहेको हुँदा कनकाई नहर विस्तार एवं सिंचाई ब्यवस्था, खानेपानीको समस्या रहेको हुँदा दीर्घकालीन समस्या समाधानका लागि खानेपानी योजना विस्तार एवं अल्पकालीन ब्यवस्थापनका लागि सेलो–ट्युववेल वितरण, शिवसतासीस्थित चन्द्रडाँगी विउविजन उत्पादन तथा वितरण केन्द्रको ब्यवस्थित सञ्चालन एवं कृषि कलेज स्थापना, कृषिमा आधुनिकीकरण र उत्पादित वस्तुको बजारीकरण, त्यस क्षेत्रका धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण, संबद्र्धन र विकास, गणेशमान स्मृति प्रतिष्ठानसहित अन्य प्रतिष्ठानको ब्यवस्थित सञ्चालन एवं प्राविधिक कलेज स्थापना लगायतका योजना थेवेले अघि सारेका छन् । विगतमा गरेका काम र हाल अघि सारिएका योजना एवं स्थानीयका सुखदुःखका साथी बन्न सबल र सक्षम नेतृत्व चयन झापा क्षेत्र नं–४ का जनताको जिम्मेवारी हो ।