विराटनगर / रतुवामाईमा ६ सय ८८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले ब्राउनसुगर सहित पथरी शनिश्चरे-४ का ५३ वर्षीय खड्ग प्रसाद सिलवाललाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रहरीले रतुवामाई-३ छालगाछीबाट सिलवाललाई सोमबार बेलुकी पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बा ७६ प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरीले लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।