फिदिम / पाँचथरको इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत नेपाल प्रहरीका एक हवल्दार बेपत्ता भएको आठौँ दिनमा मृत फेला परेका छन् । हवल्दार खगेन्द्र श्रेष्ठ आइतबार बेलुका मृत फेला परेका हुन् ।
श्रेष्ठ कुम्मायक गाउँपालिका –१ स्थित ओर्दिनमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार उनी गत वैशाख ३ गतेदेखि बेपत्ता भएका थिए ।
पोस्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । उनको हत्या कि आत्महत्या हो भन्ने खुल्न बाँकी रहेको डीएसपी थापाले बताए ।