नवलपरासी / बर्दघाट सुस्ता पश्चिमबाट प्रहरीले हरियो केराउ
बरामद गरेको छ । भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा ३१
हजार केजी केराउ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु
लामाले जानकारी दिएका छन् ।
३८ लाख ७५ हजार बजार मूल्य रहेको उक्त केराउ बुधबार सातवटा
पिकअपमा लैजाँदै गर्दा परासीको सीमा क्षेत्र र एउटा ट्रकमा अनलोड गरिरहेकै
अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार ती पिकअपमध्ये छवटा भैरहवास्थित शिवशङ्कर
इन्टरप्राइजेजबाट नवलपरासीको भारतीय सीमा क्षेत्रस्थित प्रतापपुर गाउँपालिका–५ को श्रीराम
इन्टरप्राइजेज, अम्बे इन्टरप्राइजेज र सोनु एण्ड मोनु जनरल स्टोर्सका लागि लैजान लागिएको थियो
भने एउटा पिकअपको केराउ शुभगणपति टेडर्स रामग्राम–१० बाट भारतीय
सीमावर्ती क्षेत्र पाल्हीनन्दनको पडरीतफै लैजाँदै गर्दा नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका केराउको आवश्यक अनुसन्धानका लागि महेशपुर
भन्सार वा राजश्व अनुसन्धान कार्यालयमा चलान गर्ने तयारी गरिएको प्रनाउ लामाले
जानकारी दिएका छन् ।