काठमाडौँ
/ बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्षमा प्रमोद प्रधान पुनः चयन भएका छन् ।
गत शनिबार
भर्चुअल माध्यमबाट सम्पन्न सो विशेष साधारण सभाबाट उनी अध्यक्षमा पुनः चयन भएको निर्वाचन
समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी दिएका छन्।
केन्द्रका
उपाध्यक्षमा विजयराज आचार्य, महासचिवमा अनन्त वाग्ले, सचिवमा मञ्जु ज्ञवाली, कोषाध्यक्षमा शान्ति सापकोटा र
सदस्यहरुमा तारानिधि भट्टराई, रवीन्द्र मानन्धर, केदार श्रेष्ठ र नेत्र तामाङ चयन भएका छन् ।
संस्थाले
बालबालिकाका लागि कथा लेखन लगायतका कार्याशाला गर्दै आएको महासचिव वाग्लेले जानकारी
दिएका छन् ।