जाजरकोट / जाजरकोट जिल्लामा निर्माण गर्ने
भनिएको चारवटा सबस्टेशनको काम चलिरहेको छ । नलगाड नगरपालिकाको चौखामा ठेक्का लागेर
काम शुरु गर्न लागिएको छ । दुई वर्षभित्र सक्ने भन्दै सो ठेक्का गरिएको हो ।
त्यस्तै बडावन र समाइलामा निर्माण हुन लागेको
सबस्टेशनको काम अहिले अध्ययन कार्य जारी छ । अध्ययन सकिएलगत्तै चार महिनाभित्र
ठेक्का खोल्ने तयारी छ । क्षेत्रीय कार्यालयले चौखामा ठेक्का गरेको र केन्द्रीय
कार्यालयले वडावन र समाइलामा ठेक्का गर्नेछ ।
गुदुमा सबस्टेशन निर्माण पूरा भई जाजरकोट र
रुकुम पश्चिमका केही भागमा बत्ती बलिरहेको छ । जिल्लामा अहिले तत्काल ११ केभी
प्रसारण लाइनको विद्युत् प्रवाह भइरहेको छ । भेरी नगरपालिका, छेडागाड
नगरपालिका अधिकांश ठाउँमा केन्द्रीय लाइन (११केभी) विस्तार भइसकेको छ ।
अन्य पालिकामा विद्युत् लाइन विस्तारका लागि
गरिएका ठेक्काको काम निर्माण व्यवसायीले नगर्दा काम समयमै हुन नसकेका हुन् ।