दाङ / बाटो निर्माणको लागि खनेको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका–७ बाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको हो ।
लमही–तुल्सीपुर चार लेन सडकखण्ड समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिएका छन् ।