बिर्तामोड / भारतसँगको व्यापार घाटा कम गर्न सहयोग पुर्याउँदै आएको भटमासको तेलको भारत निर्यातमा प्रतिबन्ध लगाउन भारत सरकारले तयारी थालेको छ । नेपालबाट निर्यात हुने बस्तुमा सवैभन्दा अग्रपंक्तिमा रहेको भटमासको तेल निर्यातमा भारतले प्रतिवन्ध लगाउने तयारी गरेपछि नेपालको अर्थतन्त्रमा ठुलो धक्का लाग्ने भएको छ ।

भारतीय संचारमाध्यम इकोनोमिक टाइम्सले भारतमा वनस्पति घ्यू उत्पादन गर्दै आएका उद्योगीको छाता संगठन ‘सोलभन्ट एक्सट्रेटर्स एसोसिएसन’ले केन्द्रीय सरकारलाई पत्र पठाउँदै नेपालबाट भारत निर्यात हुने भटमासको तेल रोक्न दवाव दिएपछि भारत सरकारले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको भटमासको तेल आयातमा प्रतिवन्ध लगाउने तयारी गरेको जनाएको छ ।

OM Sai Pathibhara Hospital

भारतीय उध्योगिले नेपालको तेल आयातले भारतका उध्योगिमाथि समस्या आएको भन्दै केन्द्र सरकारलाई भटमास सोयाविन तेल आयातमा प्रतिवन्ध लगाउन दवाव दिंदै आएका थिए । उद्योगि चर्को दवाव झेलिरहेको भारत सरकारले उध्योगिलाई माग सम्बोधन गर्ने तयारी भईरहेको जानकारी गराएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

भारतीय उध्योगिले नेपालबाट आउने भटमासको तेलको उत्पत्तिको प्रमाणपत्र हेर्न र नेपालबाट अवैध रुपमा हुने आयात रोक्न पनि सरकारलाई पत्र मार्फत दवाव दिएका छन् । पूर्वी र उत्तरी भारतमा वनस्पति घ्यू उत्पादन गर्ने उद्योग संकटमा परेको र  सरकारलाई ठूलो राजस्व घाटा रहेकाले नेपालको तेल आयातमा प्रतिवन्ध लगाउन भारतीय उध्योगिले माग गर्न थालेको इकोनोमिक टाइम्सले जनाएको छ ।

नेपालका उध्योगिले तेस्रो मुलुकबाट भटमास र भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्दै आएका छन् । भारतले शून्य भन्सार र निकै न्यून दरको अन्तःशूल्क लगाएकाले ठुलो परिमाणमा भटमासको तेल भारत निर्यात हुँदै आएको छ ।

चालू आर्थिक वर्षको चैतसम्ममा नेपालबाट रू ९४ अर्ब ७७ करोड मूल्य बराबरको वस्तु निर्यात भएको छ। कोरोना महामारीकै बीचमा पनि वैशाख, जेठ र असारमा हुने निर्यातले १ खर्ब बराबरको वस्तु निर्यात गर्ने सरकारी लक्ष्य पूरा हुने अनुमान गरिएकै समयमा भारतीय उध्योगिको दवावमा नेपालको प्रमुख निर्यात हुने बस्तुमाथिको प्रतिवन्धले ठुलो झट्का दिएको छ । गत आर्थिक वर्ष २०७६र ७७ मा नेपालले रू ९७ अर्ब ७० करोडको वस्तु निर्यात गरेको थियो। 

राष्ट्र ब्यांकका अनुसार, चैतसम्ममा नेपालको निर्यात अघिल्लो वर्षको तुलनामा २०.२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै नेपालले रू २८ अर्ब ८१ करोड बराबरको भटमासको तेल निर्यात भएको छ। यो कुल निर्यातको ३०.४ प्रतिशत हो। गत वर्षको तुलनामा भटमासको तेलको निर्यात २६८ प्रतिशतले बढेको छ। 

प्रदेश एकमा रहेका वागमती आयल, श्रीराम रिफाइनरी, एभरेस्ट सोलभेन्ट, पशुपति सल्भेन्ट, स्वस्तिक आयल, बाबा भेजिटेबल र क्वालिटी आयललगायत उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् । तेस्रो मुलुकबाट त्रुड आयल आयात गरेर रिफाइन गरी तयार हुने पाम आयल निकासीमा भारतले रोक लगाएपछि यहाँका उद्योगले भटमास तेल निर्यात गर्दै आएका थिए ।

प्रदेश एकका भटमासको तेल उत्पादन गर्दै आएका यि उद्योग सहित देशभर रहेको करिव तिन दर्जन उद्योगले तेस्रो मुलुकबाट आयात भएको भटमास र भटमासको कच्चा तेल आयात गरी भारत निर्यात गर्दै आएका छन् । व्यापार घाटा कम गर्न मुख्य भुमिका खेलिरहेको भटमासको तलमाथि प्रतिवन्ध लगाए यि उद्योगमा काम गर्ने अनि जोगिएका हजारौंले रोजगारी गुमाउने छन् भने यि उद्योगमा भएको अर्बौ रुपैंया समेत डुब्ने निश्चित छ ।

विगतमा पाम तेल ल्याएर प्रसोधन गरी भारत निर्यात गर्दै आएका यि उद्योगले पाम तेल माथि भारतले प्रतिवन्ध लगाएपछि भटमासको तेल उत्पादन गरी निर्यात गर्दै आएका छन् । नेपाली उध्योगिले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट भटमास आयात गर्छन् र प्रशोधन गरी भारत निर्यात गर्छन् । सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ ।

सन २०११ देखि भारतले अल्पविकसित पाँच मुलुकलाई भन्सार महसुलमा छुट दिंदै आएको छ । विगतमा नेपालबाट तेस्रो मुलुकबाट आएको पाम तेल भारत ठुलो परिमाणमा भारत निकाशी हुँदै आएको थियो । भारतीय उध्योगिको चर्को दवाव पछि भारत सरकारले गत वर्ष पुस २३ मा पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो ।