स्वास्थ्य

    Showing 1,791-1,800 of 2,450 items.
  • देशभर थप एक हजार ८७५ जनामा कोरोना संक्रमण,२१ जनाको मृत्यु

    काठमाडौं / देशभर थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ। गत २४ घण्टामा २ हजार १६४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ।  उक्त अवधिमा २१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ।  

    • प्रकाशित मितिः साउन २, २०७८
    • 234 पटक पढिएको
  • खोपका लागि वाग्मती प्रदेशमा रु दुई अर्ब विनियोजन

    वाग्मती / वाग्मती प्रदेशमा खोप व्यवस्थापनका लागि रु दुई अर्ब बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने उदेश्यले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको हो । वाग्मती  वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ ।सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा श्ययाको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरह

    • प्रकाशित मितिः साउन २, २०७८
    • 140 पटक पढिएको
  • १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सरकारको तीव्र तयारी

    काठमाडौँ  / तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सरकारले तयारी गरेको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै कोभिड १९  विरुद्धको खोप अभियानलाई सरकारले तीव्रता दिएको हो ।  स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको छ । मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको जानकारी दिएका छन् ।हाल भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । चरणचद्ध रुपमा सबै

    • प्रकाशित मितिः साउन २, २०७८
    • 141 पटक पढिएको
  • देशभर थप २९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु

    काठमाडौं / देशभर थप २ हजार ९३६ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या बिहीबारभन्दा नौ जनाले बढी हो । हालसम्म नेपालमा नौ हजार ५०६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २८ हजार २४३ जना सङ्क्रमित

    • प्रकाशित मितिः साउन १, २०७८
    • 144 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज ८ सय ३९ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा आज थप ८ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ७७६ पुगेको छ । संक्रमित भएका मध्ये ७० हजार ४३० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ११ जना रहेको छ । आज ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३ हजार ५०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण

    • प्रकाशित मितिः साउन १, २०७८
    • 195 पटक पढिएको
  • खुट्टामा चोट लागेकी बालिकालाई लगाईयो रेबिजको खोप

    नवलपरासी / (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन्। खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदिएको बालिकाका आफन्तले आरोप लगाएका छन् ।बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरवाही गरी छोरीको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाए । अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि खोपको लाइनमै लगेकाले भुलवश रेब

    • प्रकाशित मितिः साउन १, २०७८
    • 162 पटक पढिएको
  • सञ्चार प्रतिष्ठानद्वारा नौ पत्रकारका परिवारलाई सहयोग

    मोरङ  / प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई दुई लाख ७५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।    प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका पत्रकार वा उपचारको क्रममा मृत्यु भएका पत्रकारको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णयबमोजिम उक्त सहयोग रकम उपलब्ध गराइएको हो ।    प्रतिष्ठानले पाँचथरका मृतक पत्रकार एकराज भण्डारीको परिवार र सुनसरीका मृतक पत्रकार चन्द

    • प्रकाशित मितिः साउन १, २०७८
    • 160 पटक पढिएको
  • खोप लिन जहाज नियमित चीन जादैं

    काठमाडौँ / कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिन साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो।निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिएका छन्  ।  उनका अनुसार चीनसँग खरीद गरिएका खोप लिन पौनै ६ बजे गएर अर्को दिनअर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ ग

    • प्रकाशित मितिः साउन १, २०७८
    • 157 पटक पढिएको
  • विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार डोज खोप लगाइयो

    काठमाडौँ (एएफपी) विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरू यस प्रकार रहेका छन् ।  चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १२५ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  ।बेलायतमा ८ करोड २१ लाख २७ हजार ३५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी ८ करोड ४२ लाख ३ हजार ४३३ डोज कोरोनाविरुद्ध खोप

    • प्रकाशित मितिः साउन १, २०७८
    • 147 पटक पढिएको
  • एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित

    पर्वत / पर्वतको कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् ।१३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित भएको वडाध्यक्ष राजकुमार क्षेत्रीले बताएका छन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको उनले बताए । उनले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए । अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए । पर्वतको यो सङ्क्रमणको घटना

    • प्रकाशित मितिः साउन १, २०७८
    • 130 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.