काठमाडौं— आज २०८२ साल माघ ८ गते बिहीबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। मेषः बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।वृषः सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी भने फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।मिथुनः धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर म
सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् ।कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूको अर्धबार्षिक समिक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताए ।उनले भने, ’निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन’ उनले भने, ’चुनावको बहाना देखाएर बिकासमा अवरोध हुनु हुँदैन ।’ मन्त्रालय अन्तर्गतका कामहरूको समय तालिका निर्माण गरेको भएपनि कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टी जनाए ।कार्याल
काठमाडौं— बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा यस दिन करेक्सन देखिएको हो ।नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।यसदिन कारोबार रकम पनि घटेको छ। मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३२४ स्टकमा ८९,७६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबर २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ । आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसको हो ।गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ ।बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यस अघि नै पारीत भै कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरुले सम्पादन गरिरहेका कार्यहरु, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समिक्षा भएको छ ।निर्वाचन स
काठमाडौं— कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले बैंकले पछिल्ला केही वर्षमा उल्लेखनीय प्रगति गरेको भए पनि प्रगतिलाई निरन्तरता दिन थप चुनौतीहरू रहेको बताएका छन् ।बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको ५९औँ वार्षिकोत्सव स्मारिकाको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले बैंकको हितका लागि सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले बैंक स्थापना भएको पृष्ठभूमिदेखि अहिलेसम्मको लामो इतिहासले समय–समयमा बैंकको भूमिका परिवर्तन हुँदै आएको बताए ।‘हामी जुन पृष्ठभूमिमा स्थापना भयौँ, त्यहाँबाट यहाँसम्म आइपुग्दा बैंकको लामो इतिहास छ । त्यो इतिहाससँगै कृषि विकास बैंकका भूम
काठमाडौं— बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो ।सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
रामेछाप— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एक जनामात्र महिला उम्मेदवार रहेकी छन् ।जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठले मात्र महिला उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएकी हुन् ।निर्वाचनका लागि राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधवप्रसाद ढुङ्गेल, नेपाली कम्युनिष्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. कृष्णहरि बुढाथोकीले उम्मेदवारी
चितवन— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ।व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन कार्यालयले सबैलाई आग्रह गरेको हो।कार्यालयले एक सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन भनिएको कार्यालयका सूचना अधिकारी मदन ला
दमक— झापा–५ को चुनावी माहोल तातेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक केन्द्रित भेटघाटलाई तीव्र बनाउँदै तल्लो तहसम्म संगठन सक्रिय बनाउने प्रयास थालेका छन् । मंगलबार मनोनयन दर्ता गरेपछि ओली बुधबार बिहानैदेखि विभिन्न वडाका नेता–कार्यकर्तासँग छलफलमा जुटेका हुन् ।दमकमा रहेका ओलीले विशेषगरी युवासँग अन्तरक्रिया गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम, त्यसको प्रगति र आगामी योजनाबारे सुझाव लिइरहेका छन् । स्थानीय स्तरका कार्यकर्तालाई प्रत्यक्ष भेटेर चुनावी रणनीति मजबुत बनाउनेतर्फ ओली केन्द्रित देखिएका छन् ।यसैबीच, ओलीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका बा
काठमाडौं— पछिल्लो एक महिनामा ३१ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।पुस महिनामा ३१ हजार ७ सय ५० जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका हुन् । मंसिर महिनाको तुलनामा पुसमा २ हजार १ सय ३२ जना बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २७ हजार ५ सय ३० जना पुरूष र ४ हजार २ सय २० जना महिला रहेका छन् । सोही अवधिमा ३० हजार ८ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पुसमा म्यानपावरमार्फत ११ देशमा मात्रै श्रमिकहरू गएका छन् भने व्यक्तिगत श्रम स्वीकृतिमार्फत ९० देशमा नेपाली श्रमिकहरू गएका छन् ।गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घटेको वैदेश
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.