समाज

    Showing 5,851-5,860 of 6,848 items.
  • महोत्तरीमा बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

    जलेश्वर / महोत्तरीमा महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय पुरनीदेवी महतो, प्रमिलादेवी महतो र उनका दुई छोरा सिकिन्दर र अनिल रहेका छन् । गत बुधबार बिहान जलेश्वर नगरपालिका –४ स्थित सुगा गाउँकी शम्भु महतोकी श्रीमती सुकमरिया देवी टोलमा घुमिरहेका बेला पुरनीदेवीको घर अगाडि पुग्दा उनकी छोरी १३ वर्षीया काजल रुन थालेपछि चारै जनाले उनलाई बोक्सी भन्दै मलमूत्र खुवाएका थिए । उनीहरूले सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतो टीका लगाइदिँदै मानव मलमूत्र

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 146 पटक पढिएको
  • मलेसियामा एक नेपालीको मृत्यु

    बैतडी / वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको डिलासैनी गाउँपालिका –५ स्थित बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ ।मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 136 पटक पढिएको
  • श्रीमान् श्रीमतीबीच कुटपिट : श्रीमानको मृत्यु

    तेह्रथुम  / तेह्रथुमको छथर गाउपालिका –३ स्थित ज्यामिरेमा श्रीमान् श्रीमतीबीच झगडा हुँदा ५४ बर्षीय गोबिन्द बहादुर लिम्बुको मृत्यु भएको छ । हिजो बेलुका ९ बजे मादक पदार्थ सेवन गरी गोबिन्द र श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बुबीच कुटपिट भएको थियो । कुटपिटबाट दुवै जना गम्भिर घाइते भएका थिए । घाइते गोविन्दको उपचारको क्रममा राती पौने ९ बजे छथर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । श्रीमती भक्त कुमारीलाई  थप उपचारको लागी धरान घोपा पठाईएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 340 पटक पढिएको
  • इलामकाे माईखोलामा महिलाको शव फेला

    इलाम / इलामको माईखोलामा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। माई नगरपालिका –२ स्थित माईखोलामा अन्दाजी ६५ वर्षीया महिलाको शव खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । तामाङका अनुसार रातो पटुकी बाँधेको, कालो रातो लुंगी, रातो कालो बुट्टे मखमलको भेस्ट, कालो पोते, हातमा बाला लगाएको महिलाको शव फेला परेको हो । शवलाई जिल्ला अस्पतालमा राखिएको तामाङले बताए । प्रहरीले उक्त हुलिया भएकी महिला हराएको भए जिल्ला प्रहरी कार्यालय इलामको सम्पर्क नम्बर १०० वा ९८५२६८०७१० वा ९८५२६९००३० मा सम्पर्क ग

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 118 पटक पढिएको
  • धरानबाट तीन किलो यार्सागुम्बा सहित २ पक्राउ

    धरान / सुनसरीको इटहरी उपमहानगरपालिका –६ स्थित धरान लाइनबाट यार्सागुम्बा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका –४ का २७ वर्षीय समिर गुरुङ र सङ्खुवासभाको चैनपुर नगरपालिका –४ का ३२ वर्षीय श्याम कुमार लिम्बू रहेका छन् । यार्सागुम्बाको अवैध रुपमा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा  प्रादेशिक अनुसन्धान समूह (रीट) विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका गुरुङ र लिम्बूको साथबाट प्रहरीले ३ केजी यार्सागुम्बा बरामद गरेको छ । यार्सागुम्बा सहित पक्राउ परेका उनीह

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 559 पटक पढिएको
  • महान्नदचाेकमा एक मासु व्यवसायीको हत्या

    बिर्तामोड / झापाको महानन्दचोकमा आइतबार राती एक मासु व्यवसायीको हत्या गरिएको छ । अर्जुनधारा –६ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रकुमार मगरको धारिलो हतियार प्रहार गरि हत्या गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।  पसलमा मासु बेचिरहेको बेला राति करिब ८ बजे मगरको  हत्या गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आचार्यले जानकारी दिए । डीएसपी आचार्यका अनुसार मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेका कारण उनको घटना स्थलमा नै मृत्यु भएको थियो । हत्या गर्ने मान्छेको पहिचान भने खुल्न नसकेको

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 436 पटक पढिएको
  • जन्ती बोकेको बोलेरो दुर्घटना: ४ को मृत्यु,१५ घाइते

     अछाम//अछाममा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। पन्चदेवल बिनायक नगरपालिका -१ कुइकामा गएको राति बोलेरो जिप दुर्घटना भएको हो। पन्चदेवल बिनायक नगरपालिका -२ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षीय सर्प बोहरा र वडा नम्बर- ३ का १७ वर्षीय जीवन जैसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी गराएको छ। त्यसैगरी सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले बताएको छ। घाइते चालकसहित  १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइहेको र  २ जनालाई नेपालगन्ज

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 177 पटक पढिएको
  • पोखरीमा डुबी बच्चाको मृत्यु

    मोरङ / मोरङमा पोखरीमा डुबेर बच्चाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनवर्षी नगरपालिका ९ डायनियाका श्याम प्रसाद सिंहको ३ वर्षीय छोरा अजित सिंह रहेका छन् । शनिबार दिउँसो बालक आमासँग पोखरीमा गएका थिए । आमा लुगाले धोइरहेको समयमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाईते भएका बालकको रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो १ बजे मृत्यु भएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 118 पटक पढिएको
  • श्रीमतीलाई मार्छु भन्दै धम्की दिने पुरुष भरुवा बन्दुकसहित पक्राउ

    भोजपुर / भोजपुरमा श्रीमतीलाई भरुवा बन्दुक ताकेर मार्छु भन्दै डर देखाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसादराई गाउँपालिका –१ चामबोटेका ४६ वर्षीय सुजील राई रहेका छन् । राईले शुक्रबार राती ८ बजे घरयसी विवादका कारण आफ्नै श्रीमती ४५ वर्षीया जुना राईलाई भरुवा बन्दुक ताकेर मार्छु भन्दै डर देखाई कुटपिट समेत गरेका थिए । राईको कुटपिटबाट श्रीमती जुनाको शरीरमा चोटपटक समेत लागेको छ । श्रीमानको कुटाइबाट घाइते भएकी जुनाको स्थानीय मेडिकल ओख्रेका उपचार भइरहेको छ । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 260 पटक पढिएको
  • दुई छोराको हत्यापछि महिलाले गरिन् आत्महत्या

    धनुषा / धनुषामा एक महिलाले दुई छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन् । नगराईन नगरपालिका –४ स्थित लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेकी धनुषका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार गुरुदेव बिहानै मजदुरी गर्नका लागि घरबाट निस्केपछि दुई छोरासहित उनले आत्महत्या गरेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए । 

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 404 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा