काठमाडौं / भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधन र पूर्वाधारमा क्षति पुर्याएसँगै नेपालको विपद् व्यवस्थापन प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ। उद्धार, राहत वितरण, उपकरणको अभाव र सरकारी समन्वय कमजोर देखिएको भन्दै सरकारको कार्यशैलीको आलोचना भइरहेको छ। विपद्पछि प्रभावित जिल्लामा हजारौँ नागरिक विस्थापित भएका छन् भने सयौँले ज्यान गुमाएका र हजारौँ अझै बेपत्ता रहेको सरकारी तथ्यांकले देखाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। सीमापार व्यापारमा समेत असर परेको छ भने धेरै जलविद्युत् आयो
काठमाडौं / भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरणविद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जलसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफदेही बन्न माग गरेका छन् ।भारतको हिमाचल प्रदेशको धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तिब्बत नेटवर्क (आइटिएन) र स्टुडेन्ट्स फर अ फ्री तिब्बत–इन्डियाले तिब्बतको क्यिरोङ क्षेत्रमा भएको हिमताल तथा हिमपहिरोसम्बन्धी घटनाको विश्वसनीय सूचना प्राप्त गर्न कठिनाइ भएको बताएका हुन् । उनीहरूले चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्रभावित क्षेत्रमा निर्बाध पहुँच दिनुपर्ने पनि माग गरेका छन् ।ति
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे । खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद् लगत्तै उद्धार कर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको
काठमाडौं / नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ । मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको छ । हालसम्म हवाई माध्यमबाट २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।सेनाका अनुसार धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३एमा गरी २ हजार ५ सय केजी राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ ।चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १५० मिटर प्रवेश गरे पनि त्यसपछि भिरालो भाग सुरु भएको र टने
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ८ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् ।प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै, बाढीमा परेका ६हजार ५४१ हजार ७४२ जना घाइतेहरुको उद्धार गरिएको छ ।
काठमाडौं / नेपालका युवा जलवायु अभियन्ता तथा वातावरणविद् अटल देव ढकाल गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को पहिलो क्षेत्रीय विजेता बनेका छन् ।नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका राष्ट्रिय विजेताबीच मंगलबार ललितपुरस्थित द प्लाजामा सम्पन्न महाफाइनलमा ढकाललाई क्षेत्रीय उपाधि प्रदान गरिएको हो । आयोजकका अनुसार जलवायु कार्य, वातावरणीय न्याय र युवा नेतृत्वका क्षेत्रमा गरेको योगदानका आधारमा ढकाल विजेता घोषित भएका हुन् ।उनी थ्इग्ल्न्इ अन्तर्गतको पहाड तथा हिमनदी कार्य समूहको नेतृत्व गर्दै जलवायु वित्त, जोखिममा रहेका पारिस्थितिक प्रणालीको संरक्षण तथा अन्तर्राष्ट्रिय जलवायु
काठमाडौं / बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि निजी क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र बन्दै गएको छ।यसैक्रममा केडिया समूहले प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। समूहका तर्फबाट उक्त रकमको चेक मंगलबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको केडिया समूहले जनाएको छ।हालैका बाढी तथा अन्य प्राकृतिक विपद्पछि उद्योगी–व्यवसायी, निजी क्षेत्र र विभिन्न संघसंस्थाले राहत कोषमा सहयोग जुटाउने अ
काठमाडौं । रसुवामा गएको विनाशकारी बाढीले पुर्याएको धनजनको क्षति र सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुर्नस्थपनाको तयारीबारे सरकारले संसद्लाई जानकारी गराउने भएको छ ।प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ । तर कुन मन्त्रीले जानकारी गराउने भन्ने तय भएको छैन ।संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने, ‘सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने जानकारी आएको छ ।’प्रतिनिधिसभाको बैठकमा आज सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्ने कार्यक्रम छ ।भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा
नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक विनाशको रूपमा देखापरिरहेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले करिब तीन वर्षअघि खुम्बुमा उभिएर दिनुभएको चेतावनी अहिले थामे र भोटेकोशीका विपद्मा साँचो सावित भइरहेको छ । र यही यथार्थलाई विश्व मञ्चसम्म पु¥याउँदै महिला नेतृत्वको सामाजिक संस्था ‘साथसाथै फाउन्डेसन नेपाल’ले जलवायु न्यायका लागि खुम्बु, कर्णाली र तराईदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्म निरन्तर आवाज उठाउँदै आएको छ ।यो पागलपन रोक्नुपर्छ: गुटेरेससंयुक्त राष्ट्र संघका म
काठमाडौं / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ ।हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने देशको अन्य भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी, ब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.