समाज

    Showing 4,401-4,410 of 6,797 items.
  • चितवन कारागारबाट छुट्ने भन्दा थपिने कैदीबन्दीको संख्या बढ्दो

    चितवन— कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिए । यस्तै, सोही समयमा ६७२ जना छुटेको उनले जानकारी दिए । उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का हुन् भने अन्य चितवनका छन् । गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ । यस्तै, उपचारक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 482 पटक पढिएको
  • एमालेको केन्द्रीय समिति बैठकमा सञ्चारकर्मीलाई सडकमै रोक्यो

    काठमाडौं — नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आजदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। पार्टी विधानका विषयमा केन्द्रित बैठकमा सञ्चारकर्मीहरूको पहुँचमा कडाइ गरिएको छ।सुरक्षाका कारण देखाउँदै पार्टीले फोटो पत्रकारसहित सञ्चारकर्मीहरूलाई बैठकस्थल परिसरमा प्रवेश गर्नमा रोक लगाएको छ । अघिल्ला बैठकहरूमा पत्रकारहरूलाई कम्तीमा बैठक हल बाहिर फोटो तथा भिडियो लिन दिइने गरिएको थियो। तर, यसपटक उनीहरूलाई कार्यालय गेटबाहिरै, सडकमै रोकिएको हो ।केन्द्रीय सदस्यहरूलाई मात्र बैठकस्थलमा प्रवेश दिइएको छ। सञ्चारकर्मीहरूले भने प्रेस स्वतन्त्रतामाथि यस्तो अवरोध अस्वाभाविक भएको टिप्पणी गरेका छन्।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 502 पटक पढिएको
  • अध्यागमन सुधारको अभियान: विमानस्थलमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सुधारको पहलस्वरूप गृह मन्त्रालयले ४५ जना नयाँ शाखा अधिकृत खटाएको छ। लोकसेवा आयोगबाट पास भएका यी अधिकृतहरूलाई तीन दिने तालिमपछि आजदेखि अध्यागमन कार्यालयमा खटाइएको हो।सहसचिव नरहरि घिमिरे विमानस्थलस्थित अध्यागमन कार्यालयका नयाँ प्रमुखका रूपमा नियुक्त भएका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा कार्यरत थिए।अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले प्रमुखसहित सबै ४५ अधिकृत सोमबारदेखि कार्यरत भइसकेको जानकारी दिए।गृह मन्त्रालयले अध्यागमनमा खटाइएका अधिकृतहरूको दरबन्दी मिलाउन मन्त्रालयबाट सोही संख्यामा अधिकृत ताने

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 457 पटक पढिएको
  • खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण

    काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई प्रभावकारी बनाउन आइतबार राति अनुगमन गरेका छन् । गत राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् । मन्त्री यादवले गत राति खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्धारा बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रण

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 272 पटक पढिएको
  • अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा

    पोखरा – गत शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका भित्रका खोलाहरुमा पानीको बहाब बढेसँगै विभिन्न स्थानहरु डुबानमा परेका छन् । पोखरा महानगरपालिका–१३ स्थित काहुँखोला बजार, शुभकामना टोल र ढल्के पुल आसपासका क्षेत्रमा लेदो र पानीसहितको बाढी पसेको हो । काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ । ढल्के पुलकी ५१ वर्षीया दीपा लामाको दुई कोठाको कच्ची घर खोलाले कटान गर्दा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।पोखरा–१८, पोखरा–२० तथा अन्नपूर्ण गाउँ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 326 पटक पढिएको
  • राप्ती हाइड्रोको अवितरित हकप्रद सेयर लिलामी बिक्रीमा राखिने

    काठमाडौं— राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ। असार १ गतेबाट हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।जसमा बिक्री हुन बाँकी रहेको कुल ७ लाख ४ हजार १११ कित्ता सेयर बोलकबोल बढाबढ मार्फत बिक्री गर्ने भएको हो । सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समुहतर्फको लकइनमा नरहेको (साउन ८ गतेसम्म लकइन) १ लाख ४० हजार १०१ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।बिक्रीमा राखिने सेयरमा इच्छुक जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लाग

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 509 पटक पढिएको
  • तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

     काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् ।टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिइन् ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 506 पटक पढिएको
  • ईरान र पाकिस्तानबाट १ हजार ५७६ अफगान शरणार्थी परिवार स्वदेश फर्किए

    काबुल— ईरान र पाकिस्तानमा शरण लिएर बसेका १ हजार ५७६ अफगान शरणार्थी परिवार शनिबार स्वदेश फर्किएका छन्। अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले दिएको जानकारीअनुसार तीमध्ये ८१ परिवार पाकिस्तानबाट र १ हजार ४९५ परिवार ईरानबाट फर्किएका हुन्।मन्त्रालयका अनुसार स्वदेश फर्किएका परिवारहरूलाई सीमामा आवश्यक सहायता तथा सेवा उपलब्ध गराइएको छ। पछिल्ला केही महिनायता ईरान र पाकिस्तानले अवैध रूपमा बसोबास गरिरहेका अफगान नागरिकहरूलाई आफ्नो देश फर्कन आग्रह गरेपछि फिर्ती दर तीव्र बनेको हो।शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म १३ लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किइसकेका

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 517 पटक पढिएको
  • तारकेश्वरमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेल मैदानको बारमा एक महिला झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेकी छन्।कालो कपडा, झोला र जुत्ता लगाएकी ती महिलाको परिचय अहिलेसम्म खुलेको छैन। घटनास्थलमा अहिले स्थानीयको भीड लागेको छ भने महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।प्रहरीका अनुसार महिला झुन्डिएको अवस्थामा फेला परेपछि घटनास्थल सुरक्षित राखी थप अनुसन्धान भइरहेको छ। मृतकको पहिचान खुलाउन र घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।स्थानीय बासिन्दाले बिहान खेल मैदानतर्फ जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्र

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 501 पटक पढिएको
  • पाँच स्थानमा एकतर्फी सडक सञ्चालन, ६ स्थानमा राजमार्ग पूर्णरूपमा अवरुद्ध

    काठमाडौं— वर्षापछि आएको बाढी र पहिरोको कारणले देशका विभिन्न सडक अवरुद्ध छन् । नेपाल प्रहरीकाअनुसार अहिले ६ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ । बाढीपहिरोले संखुवासभास्थित कोशी राजमार्ग अवरुद्ध छ ।पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आएर ‘डाइभर्सन’ बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।त्यसैगरि काठमाडौं–नुवाकोट सडक, बागलुङको मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन् । अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहर

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 437 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा