मकवानपुर । मकवानपुरको पूर्वी बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७ः४५ बजे आगलागी भएको हो।पसल सञ्चालक गम्भीर घाइते:आगलागीमा पसल सञ्चालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा उनको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको छ।हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई चुरेहिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्
मनाङ— हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ। बिहीबार बसेको निर्वाचन आयोगको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो। कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए। २०७९ मंसिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा ९२० मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको भूमिमा दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा स्पष्ट रुपमा राखेको बताएका छन् । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहमा उनले नेपालको भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा राखेको भन्दै यसमा चीन पक्ष सकारात्मक रहेको बताए । उनले भने, ‘चीन भ्रमणको क्रममा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा मैंले अन्य विषयसँगै लिपुलेकको सम्बन्धमा भारत र चीनका बीचमा भएको सम्झौता हाम्रो भूमिबाट
काठमाडौं— चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारीका साथ काम भइरहेको बताउनुभएको छ । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले चलचित्र भवनको सङ्ख्या बढेसँगै नेपाली चलचित्रको बजार बढ्ने बताए। उनले भने, “बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै चलचित्र भवनको सङ्ख्या २०० पु¥याउने छ । यसका लागि हामीले बन्द भएका चलचित्र भवनलाई पुनः सञ्चालनमा ल्याउनलाई प्रोत्साहन गर्ने तथा नयाँ चलचित्र भवन सञ्चालन गर्न चाहनेलाई विशेष सुविधा दिने काम गरिरहेका छौँ । चलचित्र हेर्नुको आनन्द चलचित्र
काठमाडौं— राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा फिर्ता भएको सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । दुई वर्ष सेवा अवधि बाँकी रहँदै पौड्यालले बहुप्रतीक्षित सङ्घीय निजामती सेवासम्बन्धी विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै १६ भदौबाट लागु हुने गरी राजीनामा बुझाएका हुन् । उक्त विधेयक प्रतिनिधि सभाबाट पारित हुँदै राष्ट्रिय सभा पुगेको थियो । राष्ट्रिय सभाले समेत उक्त विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधि सभामा फिर्ता पठाइसकेकोमा बिहीबार नै सो विधयक प्रतिनिधि सभामा टेबुल भइसकेको छ ।
काठमाडौं— माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा आगामी असोज १० गते पोखरामा बस्दैछ । विहीबार बसेको बैंकको बैठकले पोखरास्थित होटल ग्राण्ड पोखरामा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।सभामा बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट ८ प्रतिशत लाभांश पारित गर्नेछ । यसमध्ये ४ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश हुनेछ । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको बैंकले यसअघि ०७९/८० को मुनाफाबाट भने १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।यसपटकको साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त व्यक्तिलाई अनुमोदन गर्नेछ । साथै गत आर्थिक वर्ष
काठमाडौं— उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचविखन तथा ओसारप्रसार कार्यलाई नियन्त्रण गरी प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व रहेको बताएका छन् । शुक्रबार मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उनले मानव बेचविखन विरुद्धको कार्य मौलिक हक भएको भन्दै प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘नेपालको विद्यमान संविधानले कसैलेपनि बेचविखन गर्न, दास बनाउन पाइने छैन भनि मानव बेचविखन विरुद्धको कार्यलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । मानव बेचविखन तथा ओसारप्रसार विश्वव्यापी
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको बताएका छन् ।शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबूकमार्फत उनले सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्य गरेको बताएका हुन् । ुसंविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ,ु उनले लेखेका छन् ।सामाजिक सञ्जाल प्रकाशन तथा प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न
काठमाडौं— नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध खारेज गर्न माग गर्दै अदालतमा रिट दिएका हुन् । उनको रिट सर्वोच्च अदालतमा दर्ताको प्रक्रियामा रहेको छ । सरकारले नेपालमा सूचीकरण नभएपछि फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल बन्द गरेको छ ।
सिरहा— सिरहाको गोलबजारमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान गोलबजार नगरपालिका–२ टुर्कियामा पैदल हिँडिरहेका आदर्श साहलाई स्कुल बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।मृतक आदर्श स्थानीय मदन साहका छोरा हुन्। ग १ ख ३७८८ नम्बरको बस गोलबजारस्थित ट्रिनिटी बोर्डिङ स्कुलको रहेको प्रहरीको भनाइ छ ।आज बिहान ११ बजे तिर बसको ठक्करले बालकको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।शवलाई पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिए। दुर्घटनापछि बसका चालक २८ व
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.