समाचार

    Showing 931-940 of 17,360 items.
  • सुरक्षा फिर्ता भएपछि प्रचण्ड पूर्वजनमुक्ति सेनाको घेरामा

    काठमाडौं— सरकारले खर्च कटौती गर्ने निर्णयसँगै पूर्वप्रधानमन्त्रीहरूका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा बसेका छन्।गृह मन्त्रालयको निर्णयअनुसार प्रचण्डका ३४ जना र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका २७ जना सुरक्षाकर्मी फिर्ता हुनेछन्। मन्त्रालयले यो निर्णय राज्यको ढुकुटीमा बोझ कम गर्न र मितव्ययिता कायम गर्न लिएको जनाएको छ।सो निर्णयप्रति माओवादी केन्द्र र वाईसीएलले आपत्ति जनाएका छन्। माओवादी नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा' ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै,'

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 399 पटक पढिएको
  • नालीभित्र पुरुषको शव भेटियो

    दमक (झापा),२४ असोजः झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ ।  कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार मृतक अन्दाजी ५५ वर्षका पुरुष रहेका र उनको पहिचान खुल्न सकेको छैन ।मृतकको दाहिने गालामा धारिलो हतियारको घाउ रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 170 पटक पढिएको
  • हुम्लामा जिप दुर्घटना

    हुम्ला— हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ । हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।चंखेलीका बहादुर लामाले चलाएको जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।घाइतेहरुमध्ये सिमकोट गाउँपालिका–८ कि बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् । अन्य पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ रहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 392 पटक पढिएको
  • आज बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए ।  उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौंमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा तय गरिएको थियो ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ । आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ । 

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 386 पटक पढिएको
  • आज राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै छन ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरु छलफलमा सहभागी हुने जनाइएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 379 पटक पढिएको
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं— सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार दुई लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ३५ हजार रुपैयाँमा झरेको छ। यसअनुसार सुनको मूल्यमा प्रति तोला ४,२०० रुपैयाँको कमी आएको हो।चाँदीको मूल्य भने बढेको छ। बिहीबार तीन हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तीन हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य स्थिर देखिएको छ। आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 517 पटक पढिएको
  • फरार कैदी पाँच वर्षपछि पक्राउ, सुन चोर्ने महिला समेत पक्राउ

    स्याङ्जा— पाँच वर्षदेखि फरार रहेका एक कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। गल्याङ नगरपालिका–५ बसोबास गर्ने श्यामबहादुर थापालाई प्रहरीले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा समातेको हो।थापालाई २०७७ साउन १७ गते जिल्ला अदालतले चार दिन कैद र ११ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला पछि उनी फरार भएका थिए। स्याङ्जा प्रहरीको निरन्तर खोजीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी प्रसन्न राज चौधरीले जानकारी दिए।प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन थापालाई पक्राउ गरिएको हो।यसैबीच, कास्कीको पोखरा–१७ विरौटामा भएको सुन चोरीको घटनामा संलग्न २८

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 412 पटक पढिएको
  • शनिबार पनि राजस्व संकलनका लागि आरटीजीएस प्रणाली सञ्चालनमा

    काठमाडौं— राजस्व संकलनलाई सहज बनाउन शनिबार असोज २५ गते पनि आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली सञ्चालनमा रहने भएको छ।नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सूचना जारी गर्दै, शनिबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म राजस्व संकलन प्रयोजनका लागि यो प्रणाली खुला रहने जानकारी दिएको हो।शनिबार बन्द रहने आरटीजीएस प्रणाली विशेष आवश्यकता अनुसार सीमित समयका लागि सञ्चालनमा ल्याइएको हो। राजस्व तिर्नुपर्ने निकाय तथा सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 384 पटक पढिएको
  • नौ वर्षमा पनि बनेन चिस्यानगृह

    पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ ।आर्थिक वर्ष ०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह निर्माण गर्ने सम्झौता भएर एकतल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना जीर्ण छ ।आफ

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 153 पटक पढिएको
  • धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते

    धादिङ— धादिङको गल्छी गाउँपालिका–७, भल्टारमा बस र टिपर एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्। पृथ्वी लोकमार्गमा शुक्रबार बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा बसमा सवार यात्रुहरू घाइते भएका हुन्।नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लुप. ०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ८ ख २५९१ नम्बरको टिपर एकआपसमा ठोक्किएका थिए।दुर्घटनापछि घाइतेहरूको उद्धार गरी स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेका छन् ।प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 397 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा