समाचार

    Showing 931-940 of 26,785 items.
  • असारमा गोष्ठी–सेमिनार बन्द, बजेट अनुशासन तोड्नेलाई कारबाही गरिने

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन ५२ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । मार्गदर्शनमा चालु खर्च नियन्त्रणदेखि आयोजना कार्यान्वयन, खरिद प्रक्रिया, कर्मचारी व्यवस्थापन तथा निर्माण व्यवसायीको जिम्मेवारीसम्मका विषय समेटिएका छन् ।आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोलाले हस्ताक्षर गरेको मार्गदर्शन प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा मातहतका निकायमा लागू गरिएको हो । सरकारले बजेट अनुशासन, वित्तीय उत्तरदायित्व, पारदर्शिता र परिणाममुखी कार्यसम्पादनलाई प्रा

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 276 पटक पढिएको
  • विभिन्न पाँच समितिको बैठक बस्दै

    काठमाडौँ। सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग अलग बस्दैछन् । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो ।नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने प्रस्तावित कार्यसूची रहेको अर्थ समितिको बैठक मध्याह्न १ः०० वजे बस्नेछ भने दिउँसो २ः०० बजेका लागि बस्न लागेको लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।यसैगरी, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा साइबर सुरक्षा तथा रा

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 232 पटक पढिएको
  • सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

    भद्रपुर। झापा कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । 

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 395 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

    चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ । हाल सो सडकमा एकतर्फी मात्र यायातात सेवा सञ्चालित छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो । थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न निरीक्षक थापाले आग्रह गर्नुभयो ।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 242 पटक पढिएको
  • चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

    चितवन। जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने र त्यहाँ हामफालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उहाँले बताउनुभयो ।यसैगरी, घर फर्किएकाहरु कतिपयले प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताकाको सङ्ख्या बढी भएको हो । सु

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 208 पटक पढिएको
  • मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चि प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जन÷चट्याङ सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । कोश

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 871 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ। सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नुहुनेछ ।यस्तै, आजै चारवटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ ।अपराह्न

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 320 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 241 पटक पढिएको
  • बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

    गण्डकी। म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । यस सडक भएर मानिस मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 274 पटक पढिएको
  • विराटनगरमा सनसनी: उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा

    विराटनगर । मोरङको विराटनगरस्थित उद्योगी प्रकाश मुन्दडाको निवासमा नेपाल प्रहरीले छापा मारेको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले घरभित्र खोजतलास गर्दै विभिन्न कागजात, इलेक्ट्रोनिक उपकरण तथा अनुसन्धानसँग सम्बन्धित सामग्री नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।प्रहरीले छापाको कारणबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। यद्यपि, आर्थिक तथा अन्य सम्भावित कानुनी विषयमा अनुसन्धान भइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको स्रोतको दाबी छ।घटनापछि विराटनगरमा यस विषयले व्यापक चर्चा पाएको छ। प्रहरीको अनुसन्धान जारी रहेकाले थप विवरण आधिकारिक निकायबाट सार्वजनिक भएपछि मात्र घटनाको वास्तव

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 380 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.