समाचार

    Showing 8,291-8,300 of 25,655 items.
  • बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने

    बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरुलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।करिब २७ करोड लागतमा बृहत कोल्टी खानेपानी योजना निर्माण गर्न लागिएको नगर प्रमुख जनक कुमार बोहराले बताए । उनका अनुसार, नगरपालिकाको समन्वयमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुराको आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित रकमबाट खानेपानी निर्माण गरिने बताए ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना डढेल्धुरा र प्रतिक्षा निर्माण व्यवसायीबीच निर्माण कार्यको सम्झौता भई खानेपानी निर्माणका लागी शिलान्यास समेत गरिएको छ । पहिलो चर

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 339 पटक पढिएको
  • मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन

    रौतहट । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी ) र नागरिक उन्मुक्ति पार्टीले बुधबार दिउँसो गौरमा विरोध प्रदर्शन गरेका हुन् । सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गर्दै  मुख्यमन्त्री नियुक्ति खारेजीको माग गरेको हो । लोसपाका नेता अनिल सिंहले  संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरिएको बताए । मुख्यमन्त्री सरोज कुमा

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 247 पटक पढिएको
  • नेपाली कम्युनिष्टसँगको मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल

    काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् । बुधबार राष्ट्रिय सभागृहमा भएको सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर सोही ठाउँबाट छुट्टिएर गएको स्मरण गर्दै आज त्यो घाउमा मलम लगाएको महसुस भएको बताएका हुन् । उनले भने, ‘कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर यहीँ ठाउँबाट छुट्टिएर गएको थियो । आज फर्किँएर यहाँ बस्नुभएको नेता कमरे

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 362 पटक पढिएको
  • सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो ।सोहीक्रममा काठमान्डू गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आएपनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन् । उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताए । उनले भने, ‘यो सबै खेलकुदको कुरा

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 402 पटक पढिएको
  • सशस्त्रका ४ एसएसपी मुख्य सीमा नाकाहरूमा

    काठमाण्डौ । सशस्त्र प्रहरी बलले ४ एसएसपीहरु दिगविजय सुवेदी, माधवप्रसाद पौडेल, रविनराज कर्णजीत र गंगाराम श्रेष्ठहरुलाइ मुख्य सीमा नाकाहरूमा खटाएको छ ।जेनजी आन्दोलनपछि सीमानाकाबाट राजस्व चुहावट हुन थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले यसलाई गम्भीरतापूर्वक लिँदै राजस्व संकलनमा अभिवृद्धि गर्न, सीमा सुरक्षा, सीमा अपराध, राजस्व चुहावट नियन्त्रण, अवैध चोरी निकासीलगायत अन्य गतिविधिको स्थलगत अनुगमनसहित सीमा अनुगमन, तोकिएका प्रस्तावित सीमा सुरक्षा गुल्महरूको कामकारबाहीको केन्द्रीय अनुगमनका लागि एसएसपीहरु खटाएको हो ।सुवेदीलाई झापाको काँकडभिट्टा र मोरङको रानीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खट

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 703 पटक पढिएको
  • मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी

    मनाङ। हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पदमार्ग सर्वेक्षण सुरु गरिएको छ । हाल मनास्लु आरोही काठमाडौँबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन् । पूर्वतर्फबाट मनास्लु आरोहण सुरु गर्छन् । तर, मनाङको नासोँ गाउँपालिकाले काठमाडौँबाट लमजुङको बेंसीसहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु गरेको छ ।&n

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 362 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 326 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 321 पटक पढिएको
  • आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 413 पटक पढिएको
  • संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने

    काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय, प्रदेश र स्थानीय तहबीचको विधायिकी समन्वय तथा अन्तरसम्बन्धको अध्ययन गर्न सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकपछि समितिका सभापति तुलसा कुमारी दहालले उक्त जानकारी दिँदै, तीन तहबीच कानुनी समन्वयमा देखिएका जटिलता तथा व्यवहारिक चुनौतीबारे प्रदेशमा प्रत्यक्ष अध्ययन आवश्यक रहेको बताइन् ।“संघीय इकाइबीचको विधायिकी अन्तरसम्बन्ध विषयमा प्रदेश र स्थानीय तहमा प्रत्यक्ष अध्ययन गर्नका लागि सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेका छौं,” सभापति दहालले भनिन् ।बैठकले अध्ययन भ्रमणको मिति भने का

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 519 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.