ललितपुर— ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ । महाधिवेशनका कारण सडकमा जाम हुने र आवतजावतमा असजिलो भएपछि गोदावरी घुम्न जाने पर्यटकहरु पसलसम्म नआएकाले बिक्री घटेको पसलका सञ्चालकहरु बताउँछन् । महाधिवेशनका लागि आएका प्रतिनिधिहरुको लागि खाना र खाजाको व्यवस्था भएका कारण प्रतिनिधिहरु बाहिरतिरका पसलहरुमा चिया मात्र पिउनका लागि आउने स्थानीय व्यापारी दुर्गा मगर बताउँछिन् । २५ वर्षदेखि गोदावरीमा व्यापार गर्दै आएकी दुर्गाले महाधिवेशनका कारण कारोबार बढ्
काठमाडौं— अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसहित उल्लेख्य संख्यामा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययन
काठमाडौं— महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।सम्मेलनमा देशभरका महिला सरकारी वकीलहरू सहभागी हुँदैछन् । हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जना वकीलहरूमध्ये १४८ जना महिला वकील रहेका छन् । तीमध्ये ४ जना सह–न्यायाधिवक्ता, ३२ जना उप–न्यायाधिवक्ता र ११२ जना सहायक–न्यायाधिवक्ता छन् ।सम्मेलनमा महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता जस्ता विषयमा केन्द्र
काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मंसिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ । शनिबार बसेको महासंघको केन्द्रिय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो ।बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानूनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेको र यसले सडक तथा पुल संरचनामा क्षति पु¥याउनुका साथै दुर्घटनाको जोखिम बढाइरहेको निष्कर्षसमेत निकालेको छ ।महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले तौलपुलमार्फत नियमित जाँच भइरहे पनि अधिकतम १५०० रुपैयाँ जरिवाना तिरेर नियोजित रूपमा ट्रकहरू बारम्बार ओभरलोड गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न विभिन्न निकायमा आउँदो
काठमाडौं— जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने भएका छन् ।सत्तारुढ पार्टीका सदस्यहरूले माथिल्लो सदनको चुनावमा हार व्यहोरेपछि इशिबाले राजीनामा दिने निर्णय गरेका हुन् ।लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । उनले संसद्का दुवै सदनमा बहुमत गुमाइसकेका छन् ।सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेका जनाएको छ भने दैनिक आसाही सिम्बुनले उनलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ ।शनिबार राति कृषिमन्त्री र एक जना पूर्वप्रधानमन्त्रीले इ
पोखरा— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको धम्कीबाट बनेको आरोप लगाएका छन् । शनिबार नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा बोल्दै उनले वर्तमान सरकार बुद्धिले बनेको नभई दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको आरोप लगाए । उनले भने,‘ कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको हो । आज पनि डरले बचेको सरकार हो । कांग्रेस–
काठमाडौं— जेन जी पुस्ताले भोलि भदौ २३ गते काठमाडौंमा विशाल प्रदर्शनको तयारी गर्ने घोषणा गरेको छ । भ्रष्टाचार अन्त्यको माग गर्दै यो पुस्ताले विशाल प्रदर्शनको तयारी गर्ने घोषणा गरेको हो ।उक्त प्रदर्शन विभिन्न सामाजिक अभियान्ताहरुले सेप्टेम्बर ८ लाई विशेष दिनको रुपमा मानेर जेन जी पुस्ताले गर्न लागेको जनाएको छ । प्रदर्शनका लागि सामाजिक सञ्जालहरु फेसबुक, टिकटकमार्फत् गरिएको व्यापाक प्रचार प्रसार गर्दै जेन जी पुस्ताहरुले भोलि सरकारका विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् । सामाजिक सञ्जालमा भ्रष्टाचार विरुद्ध, सुशासन स्थापना गर्न र भोलिको नयाँ नेपालको लागि सडकमा आउन बाध्य भएको भन्दै जेन जी पुस्ता
काठमाडौं— चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरिएको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने हिमाल आरोहणका लागि सरकारले खुला गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ ।कुल उचाइ छ हजार ३८ मिटर रहेको चुली हिमाल छ आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ । नेपाल पर्वतारोहण सङ्घले आरोहणका लागि व्यवस्थापन गर्दै आएको सो हिमाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको हो ।
रामेछाप— रामेछापको रामेछाप नगरपालिका शनिबारबाट बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ । शनिबार रामेछापको टुँडिखेलमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले रामेछाप नगरलाई बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गरे । नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बानियाँले रामेछापलाई बालमैत्री नगर घोषणा गर्दै यसलाई कायम राख्न आग्रह गरे । कार्यक्रममा नगरप्रमुख न्यौपानेले रामेछाप नगरमा ७ हजार ८८ घरधुरी रहेका र त्यसमा ३६ हजार ६ सय २१ जनसङ्ख्या रहेको जानकारी दिए । १८ वर्ष मुनिका १० हजार २ सय ४१ जना बालबालिका रहेका उनले बताए ।&nbs
काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गतको प्रदेशसभा क्षेत्र (२) मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपनिर्वाचनलाई लिएर आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो।बैठकमा सहभागी कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायका अनुसार, 'आजको बैठकको मुख्य एजेण्डा नै मनाङको निर्वाचनमा दल दर्ता गर्ने विषय थियो।' उनका अनुसार पार्टी अब निर्वाचन आयोगमा आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा छ।उपनिर्वाचन कहिले हुने भन्ने निर्वाचन आयोगले मिति त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.