समाचार

    Showing 7,181-7,190 of 19,550 items.
  • एमालेले बोलायो सचिवालय बैठक

    काठमाण्डौ  ।  नेकपा एमालेले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाएको छ। एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने जानकारी दिएको छ।बैठकमा राजसंस्था समर्थकहरूले १५ गतेदेखि गर्ने भनिएको आन्दोलनबारे पनि छलफल हुने एमालेले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 212 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 158 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। दिउँसो दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी त

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 233 पटक पढिएको
  • प्रचण्डले प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिए

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन्।  आफू राजावादीसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका हुन्।

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 153 पटक पढिएको
  • रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेको छ। शनिबार जारी एक विज्ञप्तिमा रास्वपाले हालै 'भिजिट भिसा' को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री र उनका सचिवालयको संलग्नता सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राजीनामा दिन गृहमन्त्रीलाई आग्रह गरेको हो।शनिबार भर्चुअल रुपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीन

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 190 पटक पढिएको
  • नेतृत्वको कुनै संलग्नता छैन, छानविनमा पूर्ण सहयोग रहन्छ: गृह मन्त्री लेखक

    काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विम

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 223 पटक पढिएको
  • सर्लाहीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

    सर्लाही  ।   सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । दुर्घटना बिहान करिब ८ बजेतिर पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा भएको हो ।मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । दुर्घटनापछि घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो । प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा सर्लाही बागमती नगरपालिका–६ निवासी

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 192 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ चिसापानी बस्ने ४४ वर्षीय सुदीप अर्याललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 195 पटक पढिएको
  • विद्युतीय पोलमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    कपिलवस्तु— कपिलवस्तुको कुदान सडक अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ कुदान नजिकै पोलमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।शुक्रबार साँझ साढे ६ बजेतिर गोटिहवाबाट कुदानतर्फ आउँदै गरेको लु ४१ प ६०१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतीय पोलमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ४ डालपुरका ३६ वर्षीय सुरेन्द्र यादवको मृत्यु भएको हो।गम्भीर घाइते यादवको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 232 पटक पढिएको
  • अभिनेता मुकुल देवको निधन

    एजेन्सी  ।  भारतीय फिल्म तथा टीभी अभिनेता मुकुल देवको निधन भएको छ।उनको ५४ वर्षीय अभिनेता देव शुक्रबार राति नयाँ दिल्लीमा बितेको बीबीसी हिन्दीले जनाएको छ। अभिनेता राहुल देवले आफ्ना भाइ मुकुल देवको मृत्युको पुष्टि गरेका छन्।केही दिनदेखि बिरामी रहेका उनी आईसीयूमा भर्ना भएका थिए, जहाँ उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। उनको निधनले भारतीय चलचित्र जगत स्तब्ध भएको छ। उनी आफ्ना भाइ, अभिनेता राहुल देवलाई शोकमा छोडेर गएका छन्।पछिल्ला वर्षहरूमा शान्त स्वभावका लागि परिचित मुकुलको निधनले उनका नजिकका मानिसहरूलाई स्तब्ध बनाएको छ। साथीहरू र सहकर्मीहरूले उनलाई न्यानो, कोमल आत्माको रूपमा सम्झन्

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 297 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा