काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।निगमले पुस १ गते बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाइएको हो।
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ ।दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिले
काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति बनाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवादद समिति गठन गरेको छ । समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
काठमाडौं। सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गर्ने निर्णय गरेको हो।समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्। निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संबाद गर्न उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।त्यस्तै राष्ट्रिय
काठमाडौं— नेकपा एमालेले ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्तासहितका विभिन्न समयतालिकामा परिवर्तन गरिएको जानकारी दिएको हो।आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार संशोधित कार्यतालिका बमोजिम आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी दरखास्त दर्ता गरिनेछ। यसअघि उम्मेदवारी दर्ता बिहान साढे १० बजेदेखि साढे १ बजेसम्मका लागि तोकिएको थियो।नयाँ तालिकाअनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन तथा निर्णय हुने छ भने ५ देखि ६ बजेसम्म उम्मेदवारी
जनकपुर— २७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गत्तेसम्म हुने भएको छ । जनकपुरधाममा सोमबार पत्रकारसम्मेलन गर्दै आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको जानकारी दिएको छ ।महोत्सव फेवा तालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेबानले जनाएको छ । यस वर्ष महोत्सवको मुख्य आकर्षणका रुपमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा र परम्परागत नृत्यहरुको प्रदर्शन रहेको छ । त्यस्तै सडकमै खाऔं भन्ने नाराला
काठमाडौं— कलाकार रविन्द्र श्रेष्ठले जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूको तस्बिर समेटेर तयार पारेको विशेष पेन्टिङ संसद भवन अगाडि प्रदर्शनमा राखिएको छ। उक्त पेन्टिङमार्फत जेनजी आन्दोलनसँग जोडिएका घटनालाई दीर्घकालसम्म स्मरणीय बनाउने उद्देश्य राखिएको बताइएको छ।सार्वजनिक स्थलमा राख्न मिल्ने गरी निर्माण गरिएको यो पेन्टिङले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्ने प्रयास गरेको छ। हाल संसद भवन अगाडि राखिएको पेन्टिङ अवलोकन गर्न सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको छ।पेन्टिङ अवलोकन गर्न आउनेहरूले श्रद्धाञ्जलीस्वरूप फूल अर्पण गर्नुका साथै आफ्ना भावना शब्दमार्फत व्यक्त
काठमाडौं— विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ ।“म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेलको निःशुल्क टिकट प्राप्त गर्नेछन्। ।साथै, विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.