समाचार

    Showing 7,071-7,080 of 19,535 items.
  • राजावादी आन्दोलनमा घुसपैठ गरेको आरोपमा दुईजनामाथि कुटपिट

    काठमाडौं— राजावादी समूहहरूले काठमाडौंका रत्नपार्कमा गरेको विरोध प्रदर्शनका क्रममा घुसपैठ गरेको भन्दै दुई व्यक्तिमाथि कुटपिट गरेका छन्। कुटपिटमा परेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर भिडबाट बाहिर निकालेको छ। राजावादीहरू आजबाट सुरु भएको ‘संयुक्त जनआन्दोलन’को पहिलो दिन शान्तिबाटीकामा भेला भएका छन्।राजावादीले काठमाडौंको ७ स्थानबाट जुलुस निकालेको छ। 

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 287 पटक पढिएको
  • राजधानीमा राजावादी प्रदर्शन (तस्वीरहरू)

    काठमाडौं— राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै राजावादीहरु सडकमा निस्किएका छन् । राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन शान्ति बाटिका केन्द्रित हुँदैछ ।हेर्नुहोस् तस्वीरहरू  

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 788 पटक पढिएको
  • काठमाण्डौ तनाबपुर्ण पाँच स्थानबाट राजावादीको जुलुस निस्किदै

    काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका राजावादीहरुले काठमाडौं उपत्यकाका विभिन्न पाँच ठाउँबाट जुलुस निकाल्ने भएका छन् ।राजावादीहरुले राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै आज गणतन्त्र दिवसकै दिन पारेर अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।राप्रपा नेपालका प्रवक्ता राजाराम बर्ताैलाका अनुसार उपत्यकाका विभिन्न पाँच ठाउँबाट आन्दोलनका लागि जुलुस निक्लिदैछ । जसमा मैतिदेबीबाट निस्किने जुलुसको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व गर्नेृछन् । त्यसैगरी सिफलबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणाले जुलुसको नेतृत्व गर्नेछ

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 382 पटक पढिएको
  • देशमा संवैधानिक राजतन्त्र आवश्यक छ: अभिनेत्री मनीषा कोइराला

    काठमाण्डौ  ।  अभिनेत्री मनीषा कोइरालाले देशमा संवैधानिक राजतन्त्र आवश्यक भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, आजको दिन मेरो लागि गहिरो आत्मचिन्तनको हो, एक नेपालीको हैसियतले, जसले यो देशको पहिचान, एकता र भविष्यप्रति गहिरो माया राख्दछ। म आज मेरो सार्वजनिक मञ्च जस्तै: फेसबुकबाट बोल्दै छु। किनभने मलाई लाग्छ- अब भावना होइन, सत्य र इमानदारीसाथ नेपालको दिशाबारे संवाद गर्नुपर्ने समय आएको छ।म स्पष्ट रूपमा विश्वास गर्छु कि नेपालले संसारको एक मात्र शान्तिपूर्ण हिन्दु अधिराज्यको रूपमा आफ्नो पहिचान पुनः स्थापना गर्नुपर्छ। जहाँ शासन बल वा कट्टरताले होइन, आध्यात्मिक मूल्य, सां

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 357 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— बिहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा १५०० सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको  छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १९ सय ९५ कायम भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 263 पटक पढिएको
  • झारफुकको बहानामा बालिकामाथि यौन दुर्व्यवहार, आरोपित प्रहरी नियन्त्रणमा

    मोरङ—  झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षिय महमद साबिर रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार उनलाई  घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका महमदमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरक्षिक (डीएसपी) वेद प्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार रातिको समयमा उपचार गराउँदा निको हुने भनि आफ्नो घरमा बोलाई उपचारको बहानामा पीडितलाई यौन दुर्व्यवहार गर्ने ग

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 215 पटक पढिएको
  • नागढुङ्गा–नौबिसे सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना घाइते

    काठमाडौं— नागढुङ्गा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस दुर्घटना भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस बिहीबार बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको प्रहरीले जनाएको छ ।सो बसले सडकको केही भाग अवरुद्ध हुँदा बिहानैदेखि सडक जाम भएको हो । बसलाई हटाउन क्रेन पठाइएको र केही समयपछि बाटो खुलेर सामान्य अवस्थामा फर्किने प्रहरीले जानकारी दिएको छ ।धादिङको थाक्रेमा पुलमा भ्वाङ परेर अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेको थिएन ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 295 पटक पढिएको
  • आगामी आर्थिक वर्ष साढे १९ खर्ब माथिको बजेट ल्याउँदै सरकार

    काठमाडौं— सरकारले आगामी आर्थिक वर्षको लागि स्रोत समितिले लिएको सिलिङभन्दा ठुलो बजेट ल्याउन भएको छ । स्रोत समितिले १९ खर्बको बजेट सिलिङ दिएपनि त्यसभन्दा केही बढेर साढे १९ खर्बसम्म पुग्ने देखिएको स्रोतले बतायो ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा शिवराज अधिकारीको संयोकत्वको स्रोत समितिले १९ खर्बको बजेट सिलिङ लिएको थियो । तर, संसदको प्रमुख दुई राजनीतिक दलको सरकारलाई केही चुनावी आश्वसन समेत पूरा गर्नुपर्ने भएकोले स्रोतको दवाबका बीच पनि स्रोत समितिले दिएको सिलिङभन्दा आधा खर्बले बजेटको आकार बढ्ने देखिएको स्रोतको दाबी छ ।स्रोत समितिले दिएको सिलिङभन्दा माथि जाने देखिएको बजेटको आकार मध्यकालीन खर्

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 333 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं— संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्दैछ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।संसद्मा अपराह्न ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 173 पटक पढिएको
  • एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ

    काठमाडौं— आज बिहानैदेखि काठमाडौंको भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम र राजावादी समूहहरूको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति गराइएको हो।सुरक्षाकर्मीहरूले भृकुटीमण्डप र रत्नपार्क वरपरका क्षेत्रमा ठूलो संख्यामा गस्ती गरिरहेका छन्। सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन ड्रोनको समेत प्रयोग गरिने बताइएको छ ।भृकुटीमण्डपमा नेकपा एमालेले बिहान ११ बजे कार्यक्रम आयोजना गरेको छ। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका छन्।जिल्ला प

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 320 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा